केन्द्रीय सदस्यमा ओलीको प्रस्तावभन्दा ३० जना बढी उम्मेदवार



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेको दशौं महाधिवेशनमा निर्वाचित हुने केन्द्रीय सदस्यमा निवर्तमान अध्यक्ष केपी शर्मा ओलीले ३०१ जनाको नाम सिफारिस गरेका थिए । तर, ओलीले सिफारिस गरेका नामभन्दा ३० जना बढीको उम्मेदवारी परेपछि अब केन्द्रीय सदस्यका बीचमा समेत चुनावी प्रतिस्पर्धा हुने भएको छ ।

एमालेको विधान अनुसार हरेक प्रदेशमा भूगोल तर्फको खुला अन्तर्गत पुरुष ६ जना र महिला ३ जनासमेत ९ जनाको कोटा निर्धारण गरिएको छ । ओलीले यही अनुसार हरेक प्रदेशमा नौ–नौ जनाका दरले सिफारिस गरेका थिए ।

तर, हरेक प्रदेशबाट विधानले तोकेको कोटाभन्दा बढी उम्मेदवारी परेको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ । प्रदेश १ मा ९ जना केन्द्रीय सदस्यको कोटामा १२ जनाको उम्मेदवारी परेको छ ।

त्यस्तै, बागमती प्रदेशमा ९ सिटमा ११ जनाको उम्मेदवारी परेको छ भने कर्णालीमा १० जनाको उम्मेदवारी परेको छ । सुदूरपश्चिममा ९ सिटमा थप तीन पुरुष र तीन महिला गरी १५ जनाको उम्मेदवारी परेको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।

यसैगरी समावेशी कोटातर्फका क्लस्टरमा समेत बढी उम्मेदवारी परेका कारण चुनावमा जानुपर्ने भएको हो । सम्पर्क समन्वय क्लस्टरमा दुई जनाको कोटा रहेकोमा तीन जनाको उम्मेदवारी परेको छ । यस्तै, आदिवासी जनजाति खुलातर्फ १७ जनाको सिटमा १९ जनाको उम्मेदवारी परेको छ । त्यस्तै जनजाति महिलातर्फको ८ जनाको सिटमा ९ जनाको उम्मेदवारी परेको छ ।

मधेसी क्लस्टरमा १३ जनाको सिट रहेकोमा १५ जनाको उम्मेदवारी परेको छ भने दलिततर्फ ८ जनाको सिटमा ११ जनाको उम्मेदवारी परेको छ ।

एमालेको विधानले थारुतर्फ ५ जना पुरुष र तीन जना महिलाको कोटा तोकेको छ । यसमा पनि एकजनाको बढी उम्मेदवारी परेको छ । मुस्लिमतर्फ ५ जनाको सिटमा ७ जनाको र पिछडिएको क्षेत्रमा महिलासहित ४ जनाको सिटमा ६ जनाको उम्मेदवारी परेको छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...