केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ताबारे सोलुका नेताहरू छलफल गर्दै



हाम्रो इकोनोमि

 

 

 

नेकपा एमालेको जारी दसौं महाधिबेशनमा केन्द्रीय सदस्य पदका लागि सोलुखुम्बुबाट पनि उम्मेदवारी दर्ता हुने सम्भावना बढेको छ। आईतवार राती सर्बसम्मत नेतृत्व चयनका लागि प्रस्तावित पदाधिकारी तथा सदस्यको सूचीमा जिल्लाबाट कसैको नाम नसमेटिएपछी सोलुखुम्बुबाट पनि उम्मेदवारी दर्ता गर्ने बिषयमा छलफल भइ रहेको एक महाधिवेशन प्रतिनिधिले बताएका छन् ।

सोलुखुम्बुबाट यसपटक पूर्ब अध्यक्ष मानबीर राईलाई केन्द्रीय सदस्यको उम्मेदवार बनाउने भन्ने साझा निर्णय थियो।तर अध्यक्ष ओलीले सर्बसम्मत नेतृत्वका लागि केन्द्रीय सदस्यको सूची सार्बजनिक गरेपछि जिल्ला नेताहरुबीच छलफल भइ रहेको राईले बताए ।यस सम्बन्धमा मूल नेतृत्वसंग एकचरण सल्लाह गरेर उम्मेदवारी दर्ताबारे निर्णयमा पुग्ने उनको भनाई छ।

अध्यक्ष ओलीले यसअघि तीन सय १ केन्द्रीय सदस्यको सूची सार्बजनिक गरेका थिए।सार्बजनिक पदाधिकारीको सूचीमा नअटाएका नेताहरुले अहिले धमाधम निर्बाचनका लागि उम्मेदवारी दर्ता गराई रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...