सहमति जुटेको नेता ज्ञवालीको संकेत



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेको १० औं महाधिवेशन अन्तर्गत सहमतिमा केन्द्रीय नेतृत्व चयनका लागि आइतबार दिनभर प्रयास भएको छ । विहान १० बजे बोलाइएको बन्दसत्र रोकेर अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत नेतृत्व चयनका लागि नेताहरुसँग परामर्श गरेका छन् । ओली बसेको होटल पार्क सफारीमा दिनभर नेताहरुको आउजाउ भएको छ । आइतबार साँझसम्म अध्यक्ष ओलीलाई भेट्न जाने र भेटेर फर्किने क्रम चलिरहेको छ ।

साँझ ८ बजेतिर भने केही नेताहरु बन्दसत्र सञ्चालन हुने होटल सेभेन स्टारतर्फ गएका छन् । ओलीलाई भेटेर फर्किएका नेता प्रदीप ज्ञवालीले अब अध्यक्ष मण्डलको बैठक बस्ने र बन्दसत्र सुरु हुने बताए । ‘विभिन्न लेयरमा छलफल भएको छ, मिल्यो होला भन्ने मेरो विश्वास छ’ बन्दसत्रको कार्यक्रम सुरु हुने जनाउ दिँदै उनले भने ।

नेताहरु विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र पृथ्वी सुब्बा गुरुङले केन्द्रीय समिति सदस्यहरुको नामावली अध्यक्ष ओलीलाई बुझाइसकेका छन् भने १९ सदस्यीय पदाधिकारीमा पनि सहमति  जुटेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...