सहमति जुटेको नेता ज्ञवालीको संकेत



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेको १० औं महाधिवेशन अन्तर्गत सहमतिमा केन्द्रीय नेतृत्व चयनका लागि आइतबार दिनभर प्रयास भएको छ । विहान १० बजे बोलाइएको बन्दसत्र रोकेर अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत नेतृत्व चयनका लागि नेताहरुसँग परामर्श गरेका छन् । ओली बसेको होटल पार्क सफारीमा दिनभर नेताहरुको आउजाउ भएको छ । आइतबार साँझसम्म अध्यक्ष ओलीलाई भेट्न जाने र भेटेर फर्किने क्रम चलिरहेको छ ।

साँझ ८ बजेतिर भने केही नेताहरु बन्दसत्र सञ्चालन हुने होटल सेभेन स्टारतर्फ गएका छन् । ओलीलाई भेटेर फर्किएका नेता प्रदीप ज्ञवालीले अब अध्यक्ष मण्डलको बैठक बस्ने र बन्दसत्र सुरु हुने बताए । ‘विभिन्न लेयरमा छलफल भएको छ, मिल्यो होला भन्ने मेरो विश्वास छ’ बन्दसत्रको कार्यक्रम सुरु हुने जनाउ दिँदै उनले भने ।

नेताहरु विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र पृथ्वी सुब्बा गुरुङले केन्द्रीय समिति सदस्यहरुको नामावली अध्यक्ष ओलीलाई बुझाइसकेका छन् भने १९ सदस्यीय पदाधिकारीमा पनि सहमति  जुटेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...