दुई वरिष्ठ उपाध्यक्ष बनाउने एमालेको तयारी



हाम्रो इकोनोमि

 

 

अध्यक्ष केपी शर्मा ओलीबाहेक अरुलाई नेता नमान्ने अडानमा बसेका नेकपा एमालेको नेता सुवासचन्द्र नेम्वाङ सहमतिको तीन विकल्प अघि सारेका छन् ।
नयाँ नेतृत्व चयनका लागि सौराहमा चलिरहेको महाधिवेशनमा नयाँ कमिटीको नाम प्रस्ताव गर्ने सर्वाधिकार लिएका ओलीलाई नेताहरु विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र पृथ्वी सुब्बा गुरुङले ३०१ केन्द्रीय सदस्यको सूची बुझाएका छन् । तर पदाधिकारीमा सहमति जुट्न सकेको छैन ।
वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र नेम्वाङको दाबी छ । नेम्वाङले ओली बाहेक अरुलाई नेता नमान्ने सन्देश प्रदेश १ का पूर्व मुख्यमन्त्री शेरधन राईमार्फत पठाएका थिए ।

स्रोतका अनुसार राईसँग भएको भेटमा ओलीले उसो भए विकल्प के छ र रु भनेर सोधेका थिए । उनले भने नेम्वाङले अघि सारेको तीन विकल्प सुनाएका छन् ।

पहिलो  : वरिष्ठ उपाध्यक्ष पद नै खारेज गर्ने ।

दोस्रो : दुई वरिष्ठ उपाध्यक्षको व्यवस्था गर्ने ।

तेस्रो : निर्वाचन ।

स्रोतका अनुसार नेम्वाङ बरु चुनाव लड्ने, तर पोखरेललाई नेता नमान्ने अडानमा छ । महासचिव पोखरेलले वकिलले पार्टी चलाउँछ रु भनेर आफ्नो अपमान गरेको भन्दै नेम्वाङले भनेका छन्, ‘वकिलले पार्टी चलाउँछ कि चलाउँदैन हेर्न निर्वाचनमा जाऊँ ।’

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...