को–को पर्दैछन् पदाधिकारीमा, यस्तो छ ओलीको खल्तिमा लिष्ट



 

 

नेकपा एमालेको नयाँ केन्द्रीय कमिटीको सूची सहमतिका आधारमा घोषणा गर्ने तयारी गरेको छ । ३०१ सदस्यीय केन्द्रीय कमिटी सहमतिका आधारमा नेतृत्व चयन गर्ने गृहकार्यका क्रममा १९ सदस्यीय पदाधिकारीको टिम बनाउन ओलीलाई सकस परिरहेको छ । पार्टीको अध्यक्ष पदका लागि केपी शर्मा ओली र भीम रावल दुईजनाले दाबी गरेका छन् । तेस्रोपटक अध्यक्षमा लड्न ओलीले विधानसमेत सच्याइसकेका छन् । तर, रावलले जति भोट आए पनि अध्यक्षमा चुनाव लडेरै छाड्ने अडान लिएका कारण अध्यक्ष पदमा सर्वसम्मत हुने स्थिति अहिलेसम्म बनिसकेको छैन । केपी ओलीले चाहिँ रावललाई उपाध्यक्षमै दोहोर्याएर सहमतिमा ल्याउने प्रयास गरिरहेका छन् । अध्यक्षपछिको वरिष्ठ उपाध्यक्ष पदमा भने ईश्वर पोखरेलबाहेक अरूको दाबी परेको छैन ।

पोखरेलकै लागि विधानमा वरिष्ठ उपाध्यक्ष पद सिर्जना गरिएको एसौराहामा रहेका एमाले नेताहरूको भनाइ अनुसार पदाधिकारीमध्ये सबैभन्दा ‘टफ’ प्रतिस्पर्धा महासचिव पदमा देखा परेको छ । एउटा सिट रहेको महासचिवका दाबेदार नेताहरूमा पृथ्वी सुब्बा गुरुङ, विष्णु पौडेल शंकर पोखरेल, सुरेन्द्र पाण्डे, प्रदीप ज्ञवाली र सुवास नेम्वाङ छन् । यीमध्येबाट ओलीले शंकर पोखरेललाई महासचिव बनाउन चाहेको नेताहरू बताउँछन् । तर, यसो गर्दा गुरुङ, पौडेल र नेम्वाङलाई उपाध्यक्ष बनाउनुपर्ने बाध्यता छ । प्रदीप ज्ञवाली र पाण्डेलाई भने उपमहासचिव बनाउने ओलीको प्रस्ताव छ । तर, यो प्रस्ताव ज्ञवालीले माने पनि पाण्डेले उपाध्यक्ष दाबी गर्ने स्रोत बताउँछ ।माले नेताहरू बताउँछन् । अहिलेसम्मको स्थिति हेर्दा वरिष्ठ उपाध्यक्षमा पोखरेल सर्वसम्मत हुने सम्भावना बढेको नेताहरू बताउँछन् ।

एमालेमा उपमहासचिव तीनजना बन्न पाउँछन् । अहिलेसम्म गोकर्ण विष्ट, भीम आचार्य, विन्दा पाण्डे लगायतले उपमहासचिवमा दाबी गरेका छन् । निवर्तमान सचिव योगेश भट्टराईले सचिवमै चित्त बुझाउने बताइसकेका छन् भने प्रदीप ज्ञवालीले महासचिव दाबी गरेका छन् । तर, ओलीले ज्ञवालीलाई उपमहासचिवमै सहमत गराउने सम्भावना बढी रहेको नेताहरू बताउँछन् । उता प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र सुरेन्द्र पाण्डेलाई उपमहासचिव बनाउने ओलीको चाहना रहेको एमाले नेताहरू बताउँछन् ।

सचिव : ७ सिट, २७ बढीको दाबी

एमालेमा सचिवका दाबेदारहरू अत्यधिक देखिएका छन् । अहिलेसम्म ७ वटा सचिव पदका दाबेदारहरूमा योगेश भट्टराई, रघुजी पन्त, किरण गुरुङ, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, प्रभु साह, विष्णु रिमाल, डा. शिवमाया तुम्वाहाम्फे, पदमा अर्याल, छविलाल विश्वकर्मा, भानुभक्त ढकाल र यमलाल कँडेल छन् । त्यसैगरी, गोकुल बास्कोटा, खगराज अधिकारी, शेरबहादुर तामाङ, विशाल भट्टराई, पार्वत गुरुङ, कृष्णगोपाल श्रेष्ठ राजेन्द्र गौतम, रघुवीर महासेठ, ठाकुर गैरे, अरुण नेपाल, महेश बस्नेत, गुरु बराल, शेरधन राई, कर्ण थापा र हिक्मत कार्कीसमेतले सचिवमा दाबी गरेका छन् । यीमध्येबाट ओलीले ७ जना सचिव छान्नुपर्ने छ ।

ओलीले पूर्वमाओवादी समूहबाट टोपबहादुर रायमाझी र लेखराज भट्टमध्ये एकजनालाई सचिव बनाउने प्रस्ताव गरेको बुझिएको छ । योगेश भट्टराई पुरानै भइहाले । आफू निकटका विष्णु रिमाल पनि ओलीको प्राथमिकतामा छन् । त्यस्तै, महिलाबाट शिवमाया र पदमा अर्यालमध्ये एकले चान्स पाउने बताइएको छ । विन्दा पाण्डेले उपमहासचिव नपाएमा उनी सचिव बन्ने सम्भावना छ । त्यसपछि बाँकी तीन सीटमा भूगोल, प्रदेश र जातीय क्लष्टरहरु मिलाउनुपर्ने बाध्यता छ ।

प्रतिक्रिया दिनुहोस
दुर्गा प्रसाईं पक्राउ

  धानमन्त्री केपी शर्मा ओलीमाथि जघन्य आरोप लगाएका मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ

प्रधानमन्त्रीविरुद्ध नक्कली कागजात तयार गरीयो : महासचिव पोखरेल

    नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले देशको प्रधानमन्त्री जस्तो जिम्मेवार व्यक्तिका विरुद्धमा

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालको यस्तो आग्रह

  नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निर्यात व्यापार बढाउने रणनीतिमा थप

दुर्गा प्रसाईंलाई पक्राउ गरी अनुसन्धान गर्नुपर्छ : सूर्य थापा

    नेकपा (एमाले)का पोलिटब्युरो सदस्य सूर्य थापाले दुर्गा प्रसाईंलाई तत्काल पक्राउ गरी