एमाले केन्द्रीय कमिटीको सूची तयार



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेको नयाँ केन्द्रीय कमिटीको सूची तयार भएको छ । प्रस्तावित केन्द्रीय नेताहरूको सूची एमाले नेता विष्णु पौडेलले प्रिन्ट गरेर अध्यक्ष ओलीलाई रुजुका लागि बुझाएका छन् । सौराहास्थित पार्क सफारी होटलमा बसेर केपी ओली लगायतका नेताहरूले केन्द्रीय पदाधिकारी एवं सदस्यहरूको सूची तयार पारेका हुन् । सूची तयार पारेपछि होटलबाट तद ओर्लिएर १० पृष्ठ प्रिन्ट गरेर पौडेल तलामाथि चढेका छन् ।

केन्द्रीय पदाधिकारी र सदस्यहरूको नामावली तयार पार्न पार्क सफारी होटलमा केपी शर्मा ओली, शंकर पोखरेल, विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ लगायतका नेताहरूको टोलीले आज दिनभरजसो गृहकार्य गरेको थियो । यसक्रममा केही केन्द्रीय सदस्यका दाबेदारहरुलाई बेग्लाबेग्लै बोलाएर अध्यक्ष ओलीले छलफल गर्दै पठाएका थिए ।

३०१ सदस्यीय केन्द्रीय कमिटीमा क–कसको नाम प्रस्ताव गरिएको छ भन्ने खुल्न बाँकी छ । अब यो सूची अध्यक्षका तर्फबाट बन्दसत्रमा प्रस्तुत गरिने तयारी छ । सूचीमा चित्त नबुझ्ने उम्मेदवारी दिन सक्ने र सहमति नजुटेका पदहरूमा निर्वाचन हुने सक्ने अध्यक्ष ओलीले शनिबार रातिको बन्दसत्रमा बताएका छन् । अरु नेताहरू सहमतिका लागि तयार भए पनि भीम रावल र घनश्याम भुसालले भने अहिलेसम्म चुनाव लड्ने अडान छाडेका छैनन् ।

यता, एमाले नेता पृथ्वी सुब्बा गुरुङले ९० प्रतिशत  सीटमा सहमति जुटेको बताए । एमालेको विधान अनुसार १० प्रतिशत केन्द्रीय सदस्य मनोनित गर्ने प्रावधान छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...