भीम रावलको पर्चा बाँड्नेहरुलाई एमाले स्वयंसेवकले बाहिर निकाले



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनका केही प्रतिनिधिहरूलाई भीम रावलको पर्चा वितरण गरिएको छ । पर्चा बाँड्दै मूल गेटसम्मै पुगेका रावल पक्षका कार्यकर्ताहरुलाई एमाले स्वयंसेवकहरुले यहाँ पर्चा बाँड्न पाइँदैन भन्दै बाहिर पठाइदिएका हुन् ।

बन्दसत्रको हलभित्र प्रवेश गर्न लामबद्ध भएकाहरुलाई रावलका कार्यकर्ताहरुले पर्चा वितरण गरेका थिए । ‘मेरो उम्मेदवारी किन’ लेखिएको भीम रावलको पर्चामा रावलले अध्यक्षमा उम्मेदवारी दिनुपर्नाका कारणबारे उल्लेख छ ।

पर्चा हातमा लिइसकेका प्रतिनिधिहरूलाई पनि स्वयंसेवकहरुले बाहिर ननिकाल्न र खल्ती वा झोलामा राख्न आग्रह गर्दै हलभित्र छिराएका छन् ।आजको बन्दसत्रले केपी शर्मा ओलीलाई सर्वसम्मत अध्यक्ष चयन गर्ने तयारी छ । तर रावलले पनि अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...