एमालेको नेतृत्व चयन, कुन क्षेत्रबाट कति ? (सूचीसहित)



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेको नेतृत्व चयन आज हुने भएको छ । आज १० बजेबाट पुनः सुरु हुने महाधिवेशनको बन्द शत्रमा अध्यक्ष केपी शर्मा ओलीलाई हलले दिएको अघिकारअनुसार सर्वसम्मत नेतृत्व चयनको गृहकार्य अघि बढन लागेको छ । हिजोको बन्दशत्रमा हलले पदाधिकारीसहित केन्द्रीय कमिटी सदस्य र आयोागका पदाधिकारीको नाम आज प्रस्तुत हुनेछ ।

मंसिर १० गते चितवनको सौराहामा बसेको नेकपा एमाले केन्द्रीय कमिटीको १५ औें बैठकद्धारा निर्णय गरिएको पार्टीको विधान संशोधन प्रस्ताबलाई शुक्रवारको बन्दसत्रले पारित गरेको छ । दशौं महाधिवेशनकोे बन्दसत्रमा संगठन विभाग प्रमुख विष्णु पौडेलले प्रस्तुत गर्नु भएको प्रस्तावलाई बन्दसत्रले सर्वसहमतिले पारित गरेको हो ।

बिधान पारित भएसँगै यसरी हुनेछ एमालेको नेतृत्व चयन

१. १९ पदाधिकारी सहित ३०१ सदस्यीय केन्द्रीय कमिटी रहने छ ।
२. कमिटीमा अध्यक्ष १, बरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष ६, महासचिव १, उपमहासचिव ३ र सचिव ७ जना रहने छन् ।
३. पार्टीको प्रदेश कमिटीका अध्यक्ष मताधिकारसहित पदेन केन्द्रीय सदस्य रहने छन् ।
४. पदाधिकारी सहित केन्द्रीय कमिटीले ४५ सदस्यीय स्थायी कमिटी र ९९ सदस्यीय पोलिटब्यूरोे गठन गर्ने छ । विधानमा पोलिटब्यूरोको काम कर्तब्य र अधिकार पनि तोकिएको छ ।
५. केन्द्रीय अनुशासन आयोग,केन्द्रीय लेखा आयोग र केन्द्रीय निर्वाचन आयोग अध्यक्ष, उपाध्यक्ष र सचिव सहित २५सदस्यीय हुनेछन् ।
६.स्थायी कमिटीले आफनो कमिटीको कुल सदस्य संख्यामा नबढ्ने गरी केन्द्रीय सल्लाहकार परिषद गठन गर्न सक्ने छ । प्रदेश र जिल्ला कमिटीमा पनि सोही अनुरुप हुनेछन् ।
७. प्रदेश कमिटी र जिल्ला कमिटीको आधार संख्या ७५ सदस्यीय हुनेछ ।
बन्द सत्रले ३०१ सदस्यीय केन्द्रीय कमिटीलाई विभिन्न क्षेत्रबाट प्रतिनिधित्व हुने गरी संख्या विभाजन गरेको छ ।
जसअनुसार,
-प्रत्येक प्रदेशबाट ६ खुला ३ महिला गरी ९ जना सहित ७ वटा प्रदेशबाट ६३ सदस्य निर्वाचित हुने
-उपत्यका विशेष समन्वयबाट १ खुला १ महिला गरी २ सदस्य निर्वाचित हुने
-सम्पर्क समन्वयबाट १ खुला १ महिला गरी २ सदस्य निर्वाचित हुने
-आदिवासी जनजातिबाट १७ खुला र ८ महिला गरी २५ सदस्य निर्वाचित हुने
-तराई मधेशबाट १३ खुला र ६ महिला सहित १९सदस्य निर्वाचित हुने
-दलित समुदायबाट ८ खुला ४ सहित १२ सदस्य निर्वाचित हुने
-थारु समुदायबाट ५ खुला २ महिला सहित ७ सदस्य निर्वाचित हुने
-मुस्लिम समुदायबाट ४ खुला १ महिला सहित ५ सदस्य निर्वाचित हुने
– श्रमिक क्षेत्रबाट ४ खुला २ महिला सहित ६ सदस्य निर्वाचित हुने
-पिछडिएको क्षेत्रबाट ३ खुला १ महिला सहित ४ सदस्य निर्वाचित हुने
-खुला क्षेत्रबाट ८४ खुला ५३ महिला सहित १३७ सदस्य निर्वाचित हुने
८. केन्द्रीय आयोगहरुमा अध्यक्ष, उपाध्यक्ष र सचिव सहित १३ खुला र ९ महिला सहित २५ सदस्य सदस्य निर्वाचित हुने ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...