एमालेमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म थपियो



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म थप्ने निर्णय भएको छ । शुक्रबार अबेर राति सौराहस्थित होटल जंगल क्राउनमा बसेको अन्तिम केन्द्रीय समिति बैठकले पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म पदहरु बढाएर सर्वसम्मत रुपमा एकताको महाधिवेशन बनाउने निर्णय गरेको हो ।

‘अब सर्वसम्मत नहोला भन्न सकिन्न । हिजोको तुलनामा आज सम्भावना बढ्यो । ठ्याक्कै भन्न सकिन्न । केन्द्रीय कमिटीले सर्वसम्मत नेतृत्व चयनको आग्रह गरेको छ । तर यो प्रतिनिधिको अधिकारको कुरा हो । आजको निर्णयले एमालेबाट सहमतिको बाटो खोलेको छ । कोसिस त्यो ढंगले हुन्छ,’ बैठकपछि प्रचार विभाग प्रमुख योगेश भट्टराईले भन्नुभयो । बैठकको निर्णयअनुसार अब एमालेमा केन्द्रीय समिति ३०१ सदस्यीय हुनेछ । त्यसैगरी ९९ सदस्यीय पोलिटब्यूरो गठन हुनेछ । स्थायी कमिटी ४५ सदस्यीय नै यथावत रहनेछ । पदाधिकारीतर्फ १९ जना हुनेछ । जसमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव, सात सचिव हुनेछन् ।

‘अहिलेको आवश्यक हेर्दा २२५ नपुग्ने भएको, नयाँ अनुहार ल्याउन, पूराना साथीहरुको योग्यता क्षमताअनुसार काम गर्ने अवसर कायम गर्ने र नयाँलाई पनि आउने वातावरण बनाउन थप गरेर ३०१ बनाउने निर्णय भएको हो,’ भट्टराईले भन्नुभयो । केन्द्रीय कमिटीको एकतिहाइ पोलिटब्यूरो हुने जानकारी पनि उहँोँले दिनुभयो । विधान महाधिवेशनबाट पारित विधान हेरफेर गरिएको भट्टराईले जानकारी दिनुभयो । विधान संशोधन प्रस्ताव बन्द सत्रमा प्रस्तुत गरिने उहाँले बताउनु भयो ।

अन्तिम केन्द्रीय समिति बैठकले आयोगहरुको संख्या पदाधिकारीसहित १५ रहेकोमा बढाएको छ । भट्टराईकाअनुसार अनुशासन लेखा र निर्वाचन आयोगको पदाधिकारीसहित अब २५ सदस्यीय हुनेछ । बन्दसत्रको कारवाही आज १० बजेबाट सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...