एमालेलाई यसरी शत्तिशाली बनाए युवा नेता बस्नेतले



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका युवा नेता महेश बस्नेत अहिले देशको युवाहरुको ढुकढुकी बन्न सफल भएका छन । नेकपा एमालेको १० औं महाधिवेशनमा युवाहरुको नारा जो देखियो त्यो महेश बस्नेतले सुरु गरेको नाराको नै निरन्तरता हो । ओली सरकारबाट जब सडकमा झरे त्यसबेला नेता महेशले केपी ओली आई लाभ यु, केपी ओली उइ लभ यु भन्ने नाराको शुरुवाद गरेका थिए । त्यही नारा आज देशभरका युवाहरुको मुख मुखमा झुण्डिएको छ र आज ओली  शत्तिशाली हुनुमा युवा नेता युवाका ढुकढुकी महेश बस्नेतको नै ठुलो योगदान छ ।

जनयुद्धका नाममा माओवादीले एमालेका ३ सय कार्यकर्ताको हत्या गरेको र पछि वाइसिएलका नाममा आतंक मच्चाएको बेला यूथ फोर्स बनाएर देशैभरी युवा परिचालन गरेर कार्यकर्ताको संरक्षण गरेको देखि हालसम्म महेश बस्नेत एक खम्बाको रुपमा उभिरहे। पुस ५ पछाडि देशैभरी केपी ओलीका विरुद्ध अनेक अफवाह फैलाउँदा त्यसलाई चिर्न देश दौडाहामा निस्किएका बस्नेत एमालेको हिरोको रुपमा उदाए । ‘संसद विघटन गर्ने तत्कालिन प्रधानमन्त्री ओलीको पक्षमा बस्नेतले युवा संघ परिचालन गरेर देशैभरी ओलीको कदमको पक्षमा माहोल बनाँएका थिए। उनले एमालेको घटेको मनोबललाई उचो बनाएरै छाडे ।

युवा संघको अध्यक्ष हुँदा होस वा एमालेको केन्द्रीय सदस्य हुँदा महेश बस्नेतले एमालेका पक्षमा बनाएको माहोल र भविष्यमा एमालेमा उर्जावान युवाहरुको प्रवेशका लागि रोल मोडल नेतृत्वको भुमिका बनाउन महेश एमालेका लागी एक खम्बा र निडर नेताको रुपमा उदाएका छन । माधव नेपालको असक्षम नेतृत्वले एमाले तेस्रो दलमा खुम्चिएका बेला देशैभरी युवा अभियान चलाएर एमाले कार्यकर्ताको मनोवल उकास्ने काम महेशले नै गरेका थिए । माधव नेपाल र झलनाथ खनालको नेतृत्वले पार्टीलाई विघटनको दिशातिर लगेको बेला केपी शर्मा ओलीलाई अध्यक्ष र प्रधानमन्त्री बनाएर एमालेलाई पहिलो पार्टी बनाउने काम उनकै नेतृत्वमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...