नारायणी नदी किनारमा उर्लियो मानबसागर



 

 

देशकै सबै भन्दा ठुलो दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)को दशौं राष्ट्रिय महाधिवेशनस्थल चितवनको नारायणी नदि किनारमा अपूर्ब मानवसागर उर्लिएको छ। पोखरा बसपार्क,उद्धोग बाणिज्य महासंघ, पुल्चोकको पुल, बीच बजार,टांडीको हाकिम चोक, आंपटारी र पश्चिम गैंडाकोट लगायतका क्षेत्रहरू समेत भरिभराउ हुने गरि नारायणी नदी किनारमा एकगठ भएको मानवसागरका बीच अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको महाधिवेशनको सफलताका लागि प्रधानमन्त्री शेरबहादुर देउवा,जनता समाजबादी पार्टीका अध्यक्ष उपेन्द्र यादव,माओवादी केन्द्रका नेता लीलामणि पोखरेल,समाजबादी जनता पार्टी (लोकतान्त्रिक) का अध्यक्ष महन्थ ठाकुर,राप्रपा अध्यक्ष कमल थापा,राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी लगायत शुभकामना व्यक्त गरेका थिए। महाधिवेशनलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले आउंदो स्थानीय र संघीय निर्बाचनमा बहमतको सरकार बनाएर बिकासका बांकी काम पूरा गर्ने बताएका थिए।
‘समृद्ध नेपाल,सुखी नेपाली’ को नारा लाई सार्थक बनाउन एमालेकै आवश्यकता देखेर मुलुकभर पार्टीमा प्रवेश गर्नेहरुको लहर चलेको बताउंदै आगामी दिनमा अझ बढेर जाने दावी गर्नुभयो।माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शान्ति प्रक्रियालाई निश्कर्षमा पुर्याउन नचाहेको आरोप लगाउंदै अध्यक्ष ओलीले शान्ति प्रक्रिया टुंग्याउनका लागि पनि एमाले सरकारमा जानु आवश्यक रहेको बताए।उनले दशौं हजार माओवादीका पूर्ब लडाकुहरु महाधिवेशन सकिंने बित्तिकै एमालेमा प्रवेश गर्ने दावी पनि गरे। भोलि बिहानबाट सौराहामा बन्दसत्र सुरु हुने जानकारी दिंदै उनले सहमति सहकारी र एकताका साथ महाधिवेशन सम्पन्न गरेर एमालेले १३ गते पत्रकार सम्मेलन गरेर सबैलाई जानकारी गराउने बताए।एकता र सहमतिका हिसाबले सबैका लागि एमालेको यो महाधिवेशन उदाहरणीय हुने उनको दावी थियो ।
महाधिवेशन सफलताको कामना गर्दै प्रधानमन्त्री देउवाले सबै दलहरू सम्बाद गरेर अगाडी बड्नुपर्ने बताएका थिए। संविधानले निर्धारण गरेको विधिलाई सबैले स्वीकार्नुपर्ने बताए । उनले कांग्रेस एमालेमा वैचारिक भिन्नता भएकैले अलग–अलग पार्टी रहेको भन्दै जनताका सवाल, राष्ट्रियता र राष्ट्रहितका विषयमा भने सहमति र सहकार्य हुनुपर्ने बताए । यस्तै उद्घाटन सत्रलाई शुभकामना दिँदै देउवाले लोकतन्त्र स्थापनाका लागि ओलीसहित धेरै वामपन्थी नेताहरूसँगै आफू पनि जेल बसेको स्मरण गरे ।
कार्यक्रममा अध्यक्ष कमल थापाले नेकपा एमालेबाट शाहसीक निर्णयको अपेक्षा गरेको बताएका छन् । एमालको दशौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै अध्यक्ष थापाले देश संकटमा रहेको कारण ठूलो राजनीतिक दलको हैसियतमा रहेको एमालेबाट आफू र सम्पूर्ण जनताले साहशिक निर्णयको अपेक्षा गरेको बताएका हुन्। अध्यक्ष थापाले लोकतन्त्रको आवरणमा देश सर्वसत्तावाद तर्फ उन्मुख भएको र बाह्य शक्तिराष्ट्रहरुको चलखेल र प्रभाव तीव्र रुपमा बढ्न थालेका कारण देश बचाउन जिम्मा ठूलो राजनीतिक दलको रुपमा एमालेको काँधमा आएको बताए। उनले एमालेका अध्यक्ष केपी शर्मा ओलीको दृढ अडान र राष्ट्रवादी सोचले देशलाई संकटबाट जोगाउन ऐतिहासिक योगदान पुर्याउन सक्ने बताए ।
भारतीय नाकाबन्दी ओलीको अडान प्रशंसनीय भएको बताउँदै थापाले एमाले र ओलीबाट जनताले थप आशा गरेको बताए । ओलीकोे नेतृत्वमा भएका दुई महत्वपूर्ण कामका कारण जनतामाझ एमाले सधैँ अवीस्मरणीय बन्ने थापाले बताए । सिके राउत र विप्लवलाई शान्तिपूर्ण राजनीतिमा ल्याएको तथा चुच्चे नक्सालाई संविधानमा संस्थागत गरेर नेपाल र नेपाली जनतालाई अवीस्मरणीय गुन लगाएको अध्यक्ष थापाले बताए ।

प्रतिक्रिया दिनुहोस
माओवादी आन्दोलन आवश्यक नै थिएन : प्रदीप ज्ञवाली

     नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले माओवादीको १० वर्षे आन्दोलनले देशलाई पछि

विदेशी मुद्रा सञ्चिति २२ खर्ब ३२ अर्ब पुग्यो

     मुलुकसँग विदेशी मुद्रा सञ्चिति २२ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको छ

मुलकबाट बाहिरिनेभन्दा भित्रिने रकम एक खर्ब ८४ अर्बले धेरै

  चालु आर्थिक वर्ष २०८१–८२ को तीन महिना (साउनदेखि असोज)सम्म  मुलकबाट बाहिरिनेभन्दा भित्रिने

दुर्गा प्रसाईं पक्राउ

  धानमन्त्री केपी शर्मा ओलीमाथि जघन्य आरोप लगाएका मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ