संचार क्षेत्रबाट एमाले केन्द्रीय कमिटीमा डेब्यु गर्दै राजेन्द्र अर्याल



हाम्रो इकोनोमि

 

 

आसन्न नेकपा एमालेको दशौं महाधिवेशनमा संचार क्षेत्रबाट अहिलेसम्म एकमात्र उम्मेदवार चर्चामा छ । प्रेस चौतारी नेपालका निवर्तमान अध्यक्ष तथा उपत्यका विशेष कमिटीका सदस्य राजेन्द्र अर्यालले उम्मेदवारी दिने जनाईएको छ । लामो समयसम्म पत्रकारिता क्षेत्रमा कृयाशील अर्याल लामो समयदेखि केन्द्रीय प्रचार विभागमा काम गरिरहेका छन् ।

संचार क्षेत्रबाट यसअघि सूर्य थापा केन्द्रीय सदस्य बनी नेताका रुपमा स्थापित भएका छन् । उनकै पदचाप पछ्याउदै अर्याल पहिलोपटक एमालेको केन्द्रीय कमिटी सदस्यमा पुग्ने तयारी गरेका हुन । पार्टीमा संकट आउदा पार्टीविभाजन र फुटको बिपक्षमा अभियान चलाएका अर्याल प्रेस चौतारीको संगठन निर्माणमा अब्बल मानिन्छन् । अर्याल केन्द्रीय कमिटीमा पुग्दा प्रेस चौतारी नेपालको बेग्लै महत्व रहन्छ । विभिन्न जनसंगठनको नेतृत्व पार्टी केमिटीमा पुग्दा अहिलेसम्म प्रेस चौतारी नेपालको मूल नेतृत्व केन्द्रीय कमिटीमा सहभागिता छैन । यसर्थ पनि निवर्तमान अध्यक्ष अर्यालको केन्द्रीय कमिटीमा सहभागिताले प्रेस चौतारी नेपालको बेग्लै महत्व देखिन्छ । त्यसैले पनि प्रेस चौतारीका नेता कार्यकर्ताहरुले यसलाई अभियानकै रुपमा तयारी गरिरहेका छन् ।

यही मंसिर १० देखि १२ गतेसम्म पर्यटकीय नगरी चितवनमा एमालेको महाधिवेशन हुँदैछ ।

अर्याल कुशल संगठन मानिन्छन् । अर्याल प्रेस चौतारीको अध्यक्ष भएको बेला चौतारीले पत्रकारहरुको साझा मोर्चा तथा संस्था नेपाल पत्रकार महासंघ, सामुदायिक रेडियोहरुको संगठन सामुदायिक रेडियो प्रशारक संघ, रेडियो सञ्चालकहरुको छाता संगठन ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बान), टेलिभिजन कर्मीहरुको संगठन, महिलाहरुको संगठन सञ्चारिका समूह, आदिवासी जनजाति पत्रकारहरुको संगठन नेपाल आदिवासी जनजाति महासंघ लगायतमा चौतारीले जित हासिल गरेको थियो ।

हाल न्युनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्ष रहेका अर्यालको नेतृत्वमा चौतारी रहेको बेला देशभरी संगठन निर्माणको साथै सञ्चारका सबै मोर्चाहरुमा चौतारीले जित हासिल गरेको थियो । यही कारण उनको कार्यकाल सफल मानिन्छ । त्यसोत उनको कार्यकाललाई चौतारीको इतिहासकै स्मरणीय मानिन्छ ।

पार्टी निर्माण र बिस्तारमा सञ्चारको भूमिका पहिलो बन्दै गएको कारण पार्टीको केन्द्रीय नेतृत्वमा सञ्चार क्षेत्रको प्रतिनिधित्व जरुरी रहेको उनको भनाई छ । ‘अब राजनीतिमा प्रतिस्पर्धाको आयम बदलिएको छ । पार्टीको विचार प्रवाह र संगठन विस्तारमा सञ्चारको भूमिका पहिलो बन्दै गएको छ । त्यस कारण सञ्चार क्षेत्रबाट प्रतिनिधित्व गर्नेहरु केन्द्रीय समितिमा आउनु जरुरी छ,’ उनले भने, ‘त्यही आबश्यकता र महत्वलाई मध्यनजर गर्दै उम्मेदवारी घोषणा गरेको हुँ ।’

प्रतिक्रिया दिनुहोस
सीमामा तारजाली लाउन १ खर्ब बजेट छुट्याउँ : हर्क साम्पाङ

    श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ सीमानामा तारबार गर्नुपर्ने बताएका छन्...

नेपालले भारतको जमिन मिचेको भन्दा ताली पिट्ने सांसदहरू को-को हुन् : एमाले

     नेकपा एमालेले नेपालले भारतको जमिन मिचेको भनेर प्रधानमन्त्री बालेन शाहले भन्दा...

पोखराबाट दुबईका लागि नियमित अन्तर्राष्ट्रिय उडान हुने

     पोखराबाट संयुक्त अरब इमिरेट्सको दुबई सहरका लागि नियमित अन्तर्राष्ट्रिय व्यावसायिक हवाई...

स्ट्रेट अफ हर्मुज पूर्णरूपमा बन्द गरेको घोषणा, तेलको मूल्य बढ्ने संकेत

  इरानले आज स्ट्रेट अफ हर्मुज पूर्णरूपमा बन्द गरेको घोषणा गरेको छ ।...