लोकप्रिय नेता जेएन थपलियाद्वारा एमाले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा



हाम्रो इकोनोमि

 

चितवनका लोकप्रिय नेता जेएन थपलियाले एमाले दशौं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारीको घोषणा गरेका छन् । नेकपा एमाले चितवनका पूर्वअध्यक्ष तथा एमाले वाग्मती प्रदेश सचिवालय सदस्य थपलियाले आज आफ्नो उम्मेदवारी दिएका हु्न् ।

विद्यार्थीकालदेखि राजनीतिमा सक्रिय थपलियाले पार्टीलाई वैचारिक र सांगठनिकरुपमा मजबुद बनाउन भन्दै आज केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन् ।
थपलियाले कम्युनिस्ट राजनीति, शिक्षा र सामाजिक सेवामा चार दशकबढी विभिन्न पार्टी संगठनमा रहेर काम गरिसकेका छन् । वाग्मती प्रदेशका पूर्वमुख्य मन्त्री डोरमणि पौडेलको राजनीतिक सल्लाहकारको रुपमा पनि काम गरिसकेका थपलिया अनेरास्वबियुका पूर्वसचिवदेखि मिनभबन क्याम्पसको दुई पटक स्ववियु सभापति रहेका थिए ।

त्यस्तै, जिल्ला विकास समिति चितवनका पूर्वउपसभापति, भरतपुरको सप्तगण्डकी क्याम्पसको पूर्वक्याम्पस प्रमुख, मदन भण्डारी फाउण्डेसन चितवनका संस्थापक अध्यक्ष भएर उनले काम गरिसकेका छन् ।
जनताको बहुदलीय जनवादका पक्षधर थपलियाले २०३६ सालदेखि २०४० सालसम्म चार वर्ष जेल जीवन बिताएका छन् भने २०३६ अघि पनि पञ्चायती सरकारले पटकपटक गिरफ्तार गरेको थियो । उनकै नेतृत्वमा २०३६ सालमा स्वतन्त्र होटल युनियनको स्थापना भएको थियो ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...