एमाले महाधिवेशनबारे २२ जरुरी सूचना



हाम्रो इकोनोमि

 

 

एमाले सचिव तथा महाधिवेशन प्रचार समिति संयोजक योगेश भट्टराईले महाधिवेशन उद्घाटन सत्रमा मानवसागर उर्लने बताउनु भएको छ । महाधिवेशन तयारीका सन्दर्भमा महाधिवेशन उद्घाटनस्थल नारायणी नदी किनारमा आयोजित पत्रकार सम्मेलनमा भट्टराईले उद्घाटनका दिन नारायणी नदी किनारमा मानव समुद्र उर्लिने बताउनु भएको हो ।

तयारीबारे योगेश

उद्घाटन सत्रमा मानव समुद्र उर्लिन्छन । यो भनेको सभामा ५ लाख जनाको सहभागिता हो ।

नवलपुरको गैँडाकोटसहित चितवनका विभिन्न ७ स्थानबाट जुलुस निस्कन्छ ।

चितवनमा मात्रै ५० भन्दा बढी स्वागतद्वार बनाइएको छ ।

बन्दसत्रको हल तयार भयो ।

महाधिवेशनको उद्घाटन सत्रमा सबै सहभागी आइपुग्न नसक्ने भएकोले ठूलठूला डिजिटल स्क्रिनमार्फत कार्यक्रमको लाइभ देखाइनेछ ।

नारायणी नदी पारी नवलपुरको गैंडाकोट र नारायणगढका विभिन्न स्थानमा डिजिटल बोर्ड राखिएका छन् ।

चितवनवासीको घरघरमा पुगेर महाधिवेशनमा आउन निम्तो गरिएको छ ।

उद्घाटन सत्रमा पाँच हजार स्वयंसेवक परिचालन गरिएको छ ।

महाधिवेशनमा भारत, बंगलादेश, श्रीलंका कम्बोडिया लगायतका देशबाट प्रतिनिधि सहभागी हुनेछन् ।

चिनियाँ कम्युनिष्ट पार्टीको भिडियो सन्देश आएको छ ।

महाधिवेशनमा दुई हजार १७५ प्रतिनिधि सहभागी हुनेछन् ।

भूगोल, जनसंगठन विभाग, सम्पर्क कमिटी र प्रवासबाट र ५ प्रतिशत मनोनित (१०६ जना) गरी दुई हजार १७५ प्रतिनिधि सहभागी पुग्छन् ।

महाधिवेशनमा १०३ जना पर्यवेक्षक छन् ।

एमालेका सल्लाहकार १५ जना र पाका पुराना नेता पर्यवेक्षक रहनेछन् ।

कुल प्रतिनिधिमा ६२७ जना महिला र २०९ जना दलित छन् ।

महिला प्रतिनिधित्व ३० प्रतिशतभन्दा बढी र दलित प्रतिनिधित्व १० प्रतिशतभन्दा बढी छ ।

१० गतेबाट मात्रै आवास व्यवस्थापन गरिएको छ ।

शुक्रबार बेलुका मात्रै प्रतिनिधि परिचयपत्र बाँडिनेछ ।

मंसिर ११ गते बिहान ८.३० बजेबाट बन्दसत्र सुरू हुन्छ ।

बन्दसत्रमा एमाले अध्यक्ष केपी ओली, दलका नेताहरु र विदेशी पाहुनाहरुले सम्बोधन गर्छन् ।

११ मंसिर साँझ ६ बजेसम्म उम्मेदवार दर्ता, दाबी विरोध र फिर्ताको समय छ ।

सोही दिन साँझ ६.३० उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...