एमालेको उद्घाटनका दिन चितवनमा सवारी साधन चल्न नदिइने



हाम्रो इकोनोमि

 

 

एमालेको १०औं राष्ट्रिय महाधिवेशनको तयारी धमाधम भइरहेको छ । चितवनको नारायणी नदी किनारमा मंसिर १० गते अध्यक्ष केपी ओलीले महाधिवेशनको उद्घान गर्नेछन् । उद्घाटनको दिन सवारी आवागमनलाई लिएर विभिन्न तयारी भइरहेका छन् । चिवतनको स्थानीय प्रशासनले मंसिर १० गते दिनभरि सवारी आवागमन बन्द गर्ने तयारी गरेको छ । पूर्वपश्चिम महेन्द्र राजमार्गको सवारी पनि बन्द गर्ने तयारी छ ।

उदघाटन समारोह अवधिभर सार्वजनिक तथा निजी गाडीलाई नारायणगढ बजार क्षेत्रभित्र प्रवेशमा रोक लगाइनेछ । मुख्य बजार क्षेत्रभित्र अत्यावश्यक सेवाबाहेकका गाडीलाई प्रवेशमा रोक लगाउने निर्णय भएको छ । एमालेले चितवनमा उद्घाटन सक्रका दिन १० समर्थक उतार्ने दाबी गरेको छ । चितवनका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले मंसिर १० गते बिहान १० बजेदेखि पश्चिम नेपालबाट आउने गाडीहरूलाई पूर्वी नवलपरासीको गैंडाकोट क्षेत्रमा रोकेर राख्ने बताएका छन् ।

पूर्वबाट आउने गाडीहरूलाई भरतपुरको केन्द्रीय बस टर्मिनल क्षेत्रमा रोकिने तामाङले बताए । काठमाडौं वा पोखराबाट मुग्लिन हुँदै यात्रा गर्ने गाडीहरूलाई आँपटारीमा रोकेर राखिनेछ । पूर्वबाट आउने गाडीहरूलाई जिल्ला प्रशासन कार्यालय चोकदेखि भित्र प्रवेश गर्न दिइनेछैन । पूर्वी नेपालतर्फ आउ–जाउ गर्नेहरूले आँपटारी–बाइपास रोड हुँदै यात्रा गर्न सक्नेछन् ।

एमालेको उदघाटन समारोह साँझ ५ बजेसम्मै चल्ने अनुमान छ । नारायणगढको मुख्य बजार क्षेत्रभित्रको ट्राफिक व्यवस्थापन बेलुकासम्मै प्रभावित हुनेछ । चितवनको स्थानीय प्रशासनले १० गतेको दिन सकेसम्म गाडी नचलाइदिन र नारायणगढ बजार क्षेत्र भएर यात्रा नगरिदिन अनुरोध गरेको छ । महाधिवेशनको उदघाटन समारोह नारायणगढ नदी किनारमा र बन्दसत्र सौराहामा हुने एमालेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...