एमालेको १५ पदाधिकारीसहित २ सय २५ केन्द्रीय कमिटी बन्ने



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेको १० औं महाधिवेशन बिहीवारबाट चितवनमा हुँदैछ । चितवनमा यही मंसिर १० देखि १२ गतेसम्म चल्ने महाधिवेशनले गत असोजमा संशोधित विधान अनुसार १५ जना पदाधिकारीसहित २ सय २५ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ ।

गत असोजमा भएको प्रथम विधान महाधिवेशने एमालेको साविक विधानलाई संशोधन गर्दै प्यानलबद्ध निर्वाचनलाई प्रतिबन्ध गरेको छ । त्यसैले अब हुने चुनाव प्यानलगतरूपमा प्रतिस्पर्धा रोकिएको छ । प्यानलगत चुनावले पार्टी नै चिरा पर्ने बिगतको अनुभवका आधारमा एमालेले यस्तो ब्यवस्था गरेको हो ।

बिधानमा केन्द्रीय कमिटी सदस्यका लागि विभिन्न ‘क्लष्टर’ का आधारमा चयन हुनेछ । नेपालको संविधानबमोजिम अब एमाले केन्द्रीय कमिटीमा महिला, आदिवासी जनजाती, मधेशी, दलित, थारु, मुस्लिम, श्रमिक, पिछडिएको क्षेत्र र भौगोलिक क्षेत्र गरि ९ ओटा ‘क्लष्टर’ रहेको छ ।

एमालेको केन्द्रीय कमिटीमा अब कम्तीमा एक तिहाइ महिलाको अनिवार्य उपस्थिति हुनेछ । जसअनुसार समावेशी क्षेत्रबाट ५७ र भौगोलिक क्षेत्रबाट १६ गरि ७३ जना महिलाको उपस्थिति अनिवार्यरुपमा एमाले केन्द्रीय कमिटीमा हुनेछ ।

त्यस्तै आदिवासी जनजातीबाट २२, मधेशीबाट १६, थारुबाट ६, मुस्लिमबाट ४, श्रमिकबाट ५ र पिछडिएको क्षेत्रबाट ३ केन्द्रीय सदस्य चयन हुने छन् । भौगोलिक क्षेत्रअन्तर्गत पनि ७ प्रदेश, उपत्यका विशेष र सम्पर्क समन्वय कमिटीबाट पनि केन्द्रीय सदस्य चुनिने छन् ।

यस्तो छ बिधानको ब्यवस्था

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...