यस्तो छ नेकपा एमालेको निर्वाचन कार्यतालिका



हाम्रो इकोनोमि

 

 

 नेकपा एमालेले १० औं महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । मंगलवार बसेको स्थायी कमिटी बैठकमा केन्द्रीय निर्वाचन आयोग अध्यक्ष डा. बिजय सुब्बाले निर्वाचन कार्यतालिका पेश गर्नुभएको हो ।

कार्यतालिका अनुसार महाधिवेशनमा मंसिर ११ गते उम्मेदवारी दर्ता र १२ गते मतदान हुने भएको छ । एमाले प्रचार विभाग प्रमुख एवं सचिव योगेश भट्टराईका अनुसार ११ गते उम्मेदवारी दर्ता, फिर्ता लगायतका प्रक्रिया पूरा हुनेछ । १२ गते विहान ८ बजे नै मतदान सुरु हुनेछ ।

एमाले महाधिवेशनको उद्घाटन १० गते चितवनको नारायणी नदी किनारमा हुनेछ । त्यही दिन साँझ केन्द्रीय कमिटीको अन्तिम बैठक बस्ने सचिव भट्टराईले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...