भीम रावलको पक्षमा देशभर ३५० प्रतिनिधि मात्र, महाधिवेशनमा पत्तासाफ हुने पक्का



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका भीम रावलको पक्षमा देशभर ३५० मात्र महाधिवेशनमा प्रतिनिधि आएको तथ्य फेला परेको छ । अध्यक्षमा पत्तासाफ हुने पक्का भएपछि उनि तिलमिलाएको स्रोतको दाबी छ । अध्यक्षमा पत्तासाफ हुने पक्का अएपछि ओलीको शरणमा गएर उपाध्यक्ष माग्ने संकेत  गरेको एक नेताको दाबी छ । उनले उम्मेदवारी फिर्ता लिने तयारी गरेको र आफुलाई उपाध्यक्ष दिने हो भने ओलीलाई सर्बसम्मत अध्यक्ष मान्न तयार रहेको पनि बिषेश स्रोतको दाबी छ ।

 

नेता कार्यकर्ताले छाडेपछि भीम रावल एक्लै

 

एमालेका नेता भीमबहादुर रावलले आफूलाई अध्यक्ष पदको उम्मेदवार घोषणा गरेर नयाँ तरंग ल्याएका छन् । मिडिया र सामाजिक सञ्जालमा रमाउन चाहने रावलले आइतबार एक्लै पत्रकार सम्मेलन गरेर अध्यक्ष पदको उम्मेदावर भएको जनाएका छन् । पत्रकार सम्मेलन पनि रिपोर्टर्स क्लव नेपालमा गरेका छन् । रिपोर्टर्स क्लवभन्दा अन्यत्र रावलले देखेका छैनन् । अरु ठाउँमा पत्रकार सम्मेलन गर्दा नेता कार्यकर्ता चाहिने र खर्च पनि हुने भएपछि रावलले रिपोर्टर्स क्लव नेपालमा कार्यक्रम राखेको चर्चा छ ।

रावलले अध्यक्षमा उम्मेदवार घोषणा गर्दा उनीसँग एक जना पनि समर्थक देखिएनन् । उनी जस्तो नेताले अध्यक्ष पदमा उम्मेदवारी दिँदा तामझामका साथ नेता कार्यकर्तालाई उपस्थित बनाएर गर्नुपर्ने थियो । रावललाई एमालेका नेता कार्यकर्ताले साथ छाडेको संकेत दिएका छन् ।

एमालेभित्र असन्तुष्ट समूहको नेतृत्व गरिरहेका रावललाई आफ्नै नेता कार्यकर्ताले विश्वास गरेका छैनन् । माधवकुमार नेपाललाई उचालेर अर्को पार्टी बनाउने अवस्थासम्म पुर्‍याएका रावलमाथि नेता कार्यकर्ताको विश्वास छैन । अन्तिम समयमा रावलले व्यक्तिगत स्वार्थका लागि सबैलाई छाडेर आफ्नो बाटो हिँड्छन् भनेर नेता कार्यकर्ता रावलको पछाडि लाग्न छाडेको चर्चा छ ।

एमालेका नेता केशव बडालले अध्यक्षमा केपी ओली नै निर्वाचित हुने दाबी गरेका छन् । ओलीको पक्षमा ९० प्रतिशत भोट आउने बडाको भनाइ छ । इज्जत बचाउनका लागि पनि रावलले अध्यक्ष पदमा उम्मेदवारी नदिँदा नै राम्रो हुने सुझाव दिएका छन् ।

‘भीम रावलजीले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको मैले पनि सुने’, बडालले भने, ‘केपी ओलीको बिकल्प छैन । भीम रावलजीले १० प्रतिशतसम्म भोट पाउनु हुन्छ होला । नउठ्दा नै राम्रो हो ।’

रावलले पार्टी कार्यालयबाट उम्मेदवारी घोषणा गर्न पाइन भनेर दिएको अभिव्यक्तिको बडालले आलोचना गरेका छन् । ‘महाधिवेशनको काम चलिरहेको छ । पार्टी कार्यालय खालि छैन’, उनले भने, ‘उम्मेदवारी घोषणा गर्न हल पाइन भन्नु उचित कुरा होइन ।’ रावलले महासचिव ईश्वर पोखरेलले आफूलाई अध्यक्षमा उम्मेदवारी घोषणा गर्न हल खाली छैन भनेर नदिएको आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस
सीमामा तारजाली लाउन १ खर्ब बजेट छुट्याउँ : हर्क साम्पाङ

    श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ सीमानामा तारबार गर्नुपर्ने बताएका छन्...

नेपालले भारतको जमिन मिचेको भन्दा ताली पिट्ने सांसदहरू को-को हुन् : एमाले

     नेकपा एमालेले नेपालले भारतको जमिन मिचेको भनेर प्रधानमन्त्री बालेन शाहले भन्दा...

पोखराबाट दुबईका लागि नियमित अन्तर्राष्ट्रिय उडान हुने

     पोखराबाट संयुक्त अरब इमिरेट्सको दुबई सहरका लागि नियमित अन्तर्राष्ट्रिय व्यावसायिक हवाई...

स्ट्रेट अफ हर्मुज पूर्णरूपमा बन्द गरेको घोषणा, तेलको मूल्य बढ्ने संकेत

  इरानले आज स्ट्रेट अफ हर्मुज पूर्णरूपमा बन्द गरेको घोषणा गरेको छ ।...