उम्मेदवारी फिर्ता लिने तयारीमा भीम रावल



हाम्रो इकोनोमि

 

 

सर्वसम्मत नेतृत्व चयन गर्ने भनिएको एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका भीम रावल उम्मेदवारी फिर्ता लिने तयारी गरेको स्रोतको दाबी छ । ओलीको अगाडी पत्तासाफ हुने देखेपछि उनले यस्तो निर्णय गर्न लागेको स्रोतको दाबी छ ।

उता नेकपा एमालेका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री महेश बस्नेतले रावलाई आफ्नो उम्मेदवारी फिर्ता लिन आग्रह गरेका हुन् । बस्नेताले पत्रकार सम्मेलन आयोजना गरी सचिव पदमा आफ्नो उम्मेदवारी घोषणा गर्दै रावललाई भने फिर्ता लिन आग्रह गरेका हुन् ।

‘उहाँले दुई कारणले उम्मेदवारी दिएको हुनसक्छ । एउटा अध्यक्षको दाबी गर्दै पार्टीका अन्य भूमिका, पदमा स्थापित गराउन चाहेको पनि हुनसक्छ । दोस्रो, अध्यक्षमा उम्मेदवारी दिने अनि जित्ने कुनै सम्भावना छैन् । तर, पराजित भए पनि पार्टीमा बसेर काम गर्नका लागि पनि हुनसक्छ, भीम रावलले अध्यक्षमा दाबी गरेर एउटा राम्रो सन्देश गएन,’ बस्नेतले भने, ‘ उहाँले उम्मेदवारी फिर्ता गरेर जानुपर्छ ।’

पछिल्लो समय रावलले उत्तेजक खालको अभिव्यक्ति दिएर आम कार्यकर्ता र जनतामा निराशा र अराजकता सृजना गरेको आरोप लगाउँदै उनले भने, ‘विद्यावारिधि गरेको व्यक्तिलाई अहिले आम मानिसले फरक खालले हेर्ने दृष्टिकोण बन्दैछ । कम्युनिष्ट आन्दोलनलाई थप क्षति नहोस् भनेर रावलले उम्मेदवारी फिर्ता लिँदा नै राम्रो हुन्छ ।’

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...