केपी ओलीको विकल्प छैन : प्रभु साह



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका नेता तथा पूर्वमन्त्री प्रभु साहले देश र पार्टी भित्र केपी शर्मा ओलीको विकल्प नरहेको बताएका छन् ।  रौतहटको विजयपुरमा आयोजित फतुवा विजयपुर एमालेको प्रथम नगर अधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेता साहले देशलाई अग्रगमनतर्फ डोर्याउन र समृद्ध नेपाल निर्माण गर्न ओलीकै नेतृत्वमा देश र पार्टी अगाडि बढ्ने जीकिर गरे ।

देशमा दलाल प्रतिक्रियावादीहरु एकताबद्ध भएर मुलुकलाई बन्धक बनाउने दुस्साहस गरिरहेको बताउदै पूर्वमन्त्री साहले केपी ओलीको नेतृत्वमा देशलाई अगाडि बढाउन आह्वान गरे । विश्वमा नै कम्युनिष्ट टुटफुट र विघटनको सिकार भइरहेको अवस्थामा केपी ओलीले नेपालमा कम्युनिष्टप्रति आकर्षण बढाएको जीकिर गर्दै उनले केही दक्षिणपन्थी अवसरवादीहरुको बहिर्गमन पछि एमालेमा शुद्धिकरण भएको र सच्चा कम्युनिष्टहरु ओलीकै साथमा रहेको बताए ।

‘अहिले विश्व कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा छ, विश्वका कम्युनिष्ट पार्टीहरु टुटफुट र विघटनको अवस्थामा छ तर नेपालमा केपी ओलीको नेतृत्वमा शान्तिपूर्ण ढंगले मतदानमार्फत कम्युनिष्ट पार्टीमाथि अपार उत्साह बढेको हो । यसले विश्वभरको कम्युनिष्टहरुलाई पाठ सिक्न बाध्य बनाएको छ । तर केही दक्षिणपन्थी अवसरवादीहरुले कम्युनिष्ट विचारलाई बदनाम गर्न खोजिरहेका थिए उनीहरु यहाँबाट बहिर्गमन भइसकेको छ, पार्टीको शुद्धिकरण भइकेको छ’ साहले भने ।

उनले अगाडी भने, ‘अब नेकपा एमाले र देश दुबैको नेतृत्व कमरेड केपी ओलीको नेतृत्वमा अगाडि बढ्छ । लामो समय देखि विद्यमान गरिबी र पछौटेपनबाट ग्रसित नेपाललाई विकसित बनाउन उहाँले दिनुभएको एउटा नयाँ मोडल समृद्ध नेपाल सुखी नेपालीको महान राष्ट्रिय आकांक्षासहित मुलुक तीव्र विकासको दिशामा अगाडि बढ्छ । केपी ओलीको विकल्प छैन् ।’

नेता साहले मुलुकमा समाजवादी शासन स्थापना गर्न समेत केपी ओलीको विकल्प नरहेको समेत बताए । ओली प्रधानमन्त्री हुँदा मुलुकलाई समृद्ध बनाउने दह्रो आधारशीला बसालिसकेकोले अब ओलीकै पालामा युगान्तकारी परिवर्तन हुने नेता साहको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...