बरिष्ठ उपाध्यक्षमा उम्मेद्वारी दिने सुवास नेम्वाङको घोषणा



हाम्रो इकोनोमि

 

 

नेकपा एमाले स्थायी कमिटी सदस्य तथा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले चुनाव भए वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । आकांक्षीहरुको संख्या बढेसँगै महाधिवेशन निर्वाचनतर्फ केन्द्रित भएकाबेला नेम्वाङले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । अध्यक्षमा भीम रावलको उम्मेदवारी घोषणपछि दोस्रो वरीयताको नेतृत्व दाबी गर्ने नेम्वाङ अर्को हेबिवेट नेता हुनुभएको छ । बरिष्ठ उपाध्यक्षमा महासचिव इश्वर पोखरेल पनि आकांक्षी हुनुहुन्छ । तर अहिलेसम्म केही घोषणा गर्नुभएको छैन ।

नेम्वाङले अध्यक्षमा केपी शर्मा ओलीको विकल्प नभएको बताउँदै वरिष्ठ उपाध्यक्षमा दिने घोषणा गर्नुभएको हो । एमाले विधानअनुसार ६८ वर्षीय नेम्वाङले अर्कोपटक नेतृत्व दाबी गर्न मिल्दैन ।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...