प्रधानन्यायाधीशमाथी महाअभियोग लगाउने तयारी



हाम्रो इकोनोमि

 

 

सभामुख अग्निप्रसाद सापकोटालाई भेट्न नेपाल नेपाल बार एसोसिएशनको टोली सिंहदरबार पुगेको छ । सर्वोच्च अदालतमा देखिएको समस्या समाधान गर्ने पहलकदमी लिन आग्रह गर्दै सभामुख सापकोटालाई भेट्न बारका अध्यक्ष पूर्णमान शाक्यसहितको टोली केहीबेरअघि सिंहदरबार पुगेको हो ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आएको बारले आजै संसद्मा रहेका विभिन्न राजनीतिक दलहरुलाई ज्ञापनपत्र एवं ध्यानाकर्षण पत्र बुझाउने बताइएको छ ।

प्रधानन्यायाधीश जबराले न्यायिक क्षेत्रमा भ्रष्टार बढाएको, मन्त्रिपरिषद्मा भागबण्डा खोजेको, न्यायिक सुधार गर्न नसकेकोलगायत आरोप लगाउँदै नेपाल बार एसोसिएशनले करिब ४ हप्तादेखि आन्दोलन गर्दै आएको छ ।

आन्दोलनबाट नडगमगाएका प्रधानन्यायाधीशलाई महाअभियोग लगाउन आग्रह गर्दै बारले संवैधानिक व्यक्ति र राजनीतिक दलहरूसँगकोे भेटवार्तालाई तीव्रता दिन थालेको छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...