प्रधानन्यायाधीशमाथी महाअभियोग लगाउने तयारी



हाम्रो इकोनोमि

 

 

सभामुख अग्निप्रसाद सापकोटालाई भेट्न नेपाल नेपाल बार एसोसिएशनको टोली सिंहदरबार पुगेको छ । सर्वोच्च अदालतमा देखिएको समस्या समाधान गर्ने पहलकदमी लिन आग्रह गर्दै सभामुख सापकोटालाई भेट्न बारका अध्यक्ष पूर्णमान शाक्यसहितको टोली केहीबेरअघि सिंहदरबार पुगेको हो ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आएको बारले आजै संसद्मा रहेका विभिन्न राजनीतिक दलहरुलाई ज्ञापनपत्र एवं ध्यानाकर्षण पत्र बुझाउने बताइएको छ ।

प्रधानन्यायाधीश जबराले न्यायिक क्षेत्रमा भ्रष्टार बढाएको, मन्त्रिपरिषद्मा भागबण्डा खोजेको, न्यायिक सुधार गर्न नसकेकोलगायत आरोप लगाउँदै नेपाल बार एसोसिएशनले करिब ४ हप्तादेखि आन्दोलन गर्दै आएको छ ।

आन्दोलनबाट नडगमगाएका प्रधानन्यायाधीशलाई महाअभियोग लगाउन आग्रह गर्दै बारले संवैधानिक व्यक्ति र राजनीतिक दलहरूसँगकोे भेटवार्तालाई तीव्रता दिन थालेको छ ।

प्रतिक्रिया दिनुहोस
सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...