ओली बिरुद्ध उम्मेद्धवारी दिने रावलको घोषणा



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेको दशौं महाधिवेशनमा अध्यक्षका लागि केपी शर्मा ओली र डा. भीम रावलबीच प्रतिष्पर्धा हुने भएको छ । दुई नेताबीच चितवनमा हुने महाधिवेशनमा अध्यक्षका लागि प्रतिष्पर्धा हुने भएको हो । ओली अध्यक्षमा दोहोरिने उनी निकटस्थहरुले सार्वजनिक रुपमा बोल्दै आएका छन् । ओली स्वयंले पुनः अध्यक्ष बन्न विधान महाधिवेशनमार्फत् विधान संशोधन गराइसकेका छन् ।

आजै एमाले उपाध्यक्ष डा. भीम रावलले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । उनले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी उम्मेदवारी घोषणा गरेका हुन् । ओली एमालेका वर्तमान अध्यक्ष हुन् । उनी दुईपटक प्रधानमन्त्री भइसकेका छन् । कम्युनिस्ट आन्दोलनमा लामो अनुभव सँगालेका ओली एमाले स्थायी कमिटी सदस्य हुँदै अध्यक्ष बनेका थिए ।

विगतमा गृहमन्त्री, उपप्रधान तथा परराष्ट्रमन्त्री समेत बनेका ओली कडा बोलीको पहिचान बनाउन सकेका छन् । रावल पूर्व उपप्रधान तथा गृहमन्त्री हुन् । उनी विगतमा पर्यटनमन्त्री समेत बनेका थिए । एमाले उपाध्यक्ष रहेका रावल लामो समय पार्टीको महत्वपूर्ण कमिटीमा रहे । उनले विद्यावारिधी गरेका छन् । विगतमा माधवकुमार नेपालसँग नजिक रहेका रावल एमाले विभाजन हुँदा नेकपा एसमा गएनन् ।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...