दशौं महाधिवेशनमा पदाधिकारीको संख्या थपिन्न : प्रवक्ता ज्ञवाली



हाम्रो इकोनोमि

 

 

एमाले प्रवक्ता प्रदीप ज्ञवालीले बिधान महाधिवेशनबाट पारित बिधानमा कुनै संशोधन नहुने प्रष्ट पार्नुभएको छ । नेकपा एमालेको दशौं महाधिवेशनको तयारीको बिषयलाई लिएर प्रेस चौतारी उपत्यका प्रदेश कमिटीले आज आयोजना गरेको अन्त्रक्रिया कार्यक्रममा बोल्दै एमाले सचिवसमेत रहनुभएका प्रवक्ता ज्ञवालीले बिधान संशोधन गर्न सकिने भएपनि दशौं महाधिवेशनमा त्यो काम नगर्ने बताउनु भयोे ।

‘पहिलो बिधान महाधिवेशनमा सुबिचारित रुपमै पदाधिकारी संख्या कायम गरिएको छ, एमाले जस्तो पार्टीमा १५ जना पदाधिकारी राख्ने कुरा निकै चुनौतीपुर्ण नै हो सय भन्दा बढी पदाधिकारी हुन योग्यतम साथीहरु हुनुहुन्छ तर हामी त्यही १५ भित्रै योग्यतम नेतृत्व चयन गर्ने भनेर नै बिधानमा ब्यवस्था गरिएको हो, दशौं महाधिवेशनले बिधान संशोधन गर्न सक्ने भएपनि अहिले त्यसतर्फ एमाले जाँदैन, यसैमा मिलाउँछ,’ प्रवक्ता ज्ञवालीले भन्नुभयो । उहाँले १५ जनाभित्रै पार्टीमा सवैको भावना समेटने गरी नेतृत्व चयन हुने बताउनु भयो ।

एमाले प्रवक्ता ज्ञवालीले दशौं महाधिवेशनपछि एमाले राष्ट्रिय स्वधिनता, राजनीतिक स्थिरता र समृद्धिको संकल्प लिएर शसक्त रुपमा अघि बढने बताउनु भयो । उहाँले महाधिवेशमा सहमतिको आधारमा नेतृत्व चयन गर्ने अधिकतम प्रयत्न हुने जानकारी पनि दिनुभयो । ‘सहमतिको आधारमा नेतृत्व चयन गर्ने अधिकतम कोशिष हुन्छ, सम्भव भएन भने पनि उच्चतम समझदारी कायम हुनेछ,’ ज्ञवालीले भन्नुभयो, ‘एमाले एकढिक्का छ भन्ने प्रमाण दिने छ, राष्ट्रिय स्वाधीनता र स्थिरता र समृद्धिको संकल्प गर्ने छ महाधिवेशनबाट ।’

उहाँले एमालेले दक्षिणपन्थी अवसरवादबिरुद्ध सशक्त ढंगले एमाले अघि बढने बताउनु भयो । ‘दक्षिणपन्थताको चरम नमूना केशरजंग रायमाँझीलाई लिने गरिन्छ, अहिले त्यो काम कसले गर्यो प्रस्ट छ । आफनो पार्टीको सरकार ढालेर कांग्रेस नेतृत्वको सरकार बनाउनु चरम दक्षिणपन्थता हो,’ ज्ञवालीले भन्नुभयो । उहाँले २३ सीट पाएको कांग्रेसलाई आसनमा राख्ने काम दक्षिणपन्थी अवसरवादको चरम रुप भएको बताउनु भयो ।

कार्यक्रममा एमालेका केन्द्रीय सदस्य एवं प्रचार विभाग उपप्रमुख सूर्य थापाले महाधिवेशन केन्द्रित प्रचारप्रसारलाई तीव्रता दिइएको बताए ।

चौतारीका उपत्यका अध्यक्ष हेमराज सिलवालको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत, पूर्वअध्यक्ष राजेन्द्र अर्याल, पूर्वमहासचिव प्रमोद दाहाल, उपाध्यक्ष गणेश पाण्डे, उपत्यका इञ्चार्ज प्रकाश सिलवाल, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य केसी लामिछानेलगायतको सहभागिता थियो ।

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...