काला, संस्कृति तथा संगीत क्षेत्रको विकासमा सहयोग गर्छु : मन्त्री आले



हाम्रो इकोनोमि

 

 

 

संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले गित संगीत बिना मान्छेको जिवन अधुरो हुँने बताउनु भएको छ । राष्ट्रिय संगीत कर्मी संघले आज शुक्रबार काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरेको आफ्नो पाँचौ महाधिवेशनको उद्घाटन कार्यक्रममा बोल्नु हुँदै मन्त्री आलेले गीत संगीत बिना मान्छेको जिवन अधुरो हुने भएकाले काला, संस्कृति तथा संगीत क्षेत्रको विकासका लागि आवश्यक पर्ने सहयोगका लागि आफु तयार रहेको बताउनु भएको हो ।

सो उद्घाटन कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका मन्त्री आलेले संगीत क्षेत्रको विकासका लागि आफुले सक्दो बजेट समेत बिनियोजन गराउने आश्वासन समेत दिनुभयो । उहाँले भन्नुभयो, “कला, संस्कृति र गित संगीत भनेका हाम्रा गहना हुन, यसको संरक्षण र विकास गर्नु हाम्रो प्रमुख दायित्व हो, कला, संस्कृति र गित संगीतको विकासका लागि मैले बजेट विनियोजन गराउछु ।” सोही कार्यक्रममा बोल्नु हुँदै मन्त्री आलेले नेपालका सबै क्षेत्र तथा भासाभासीका कला, संस्कृति र गित संगीत देश बिदेश सम्म फैलाउन र चिनाउनका लागि सबै कलाकार तथा संगीत कर्मीहरुसँग आग्रह समेत गर्नुभयो ।

संगीत विना अधिकाँस काम तथा कलाहरु अधुरा हुने भएकाले संगीत क्षेत्रको विकास नै आजको प्रमुख आवश्यकता भएको समेत मन्त्री आलेले उल्लेख गर्नुभयो । उहाँले थप भन्नुभयो, “संगीत बिना अधिकाँस काम तथा कलाहरु अधुरा हुने भएकाले संगीतको विकास गर्नु प्रमुख आवश्यकता भएको छ ।” सोही अवसरमा संगीत कर्मी संघले मन्त्री आलेलाई सम्मान समेत गरेको थियो । विमल विष्ट

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...