स्थापनाको ७२ वर्षमा एमालेका १० महाधिवेशन



हाम्रो इकोनोमि

 

 

नेपालमा सबैभन्दा बढी महाधिवेशनबाट नेतृत्व चयन गर्ने कम्युनिष्ट पार्टी भनेर रेकर्ड बनाएको नेकपा (एमाले) ले हालसम्म नौ वटा महाधिवेशनबाट नेतृत्व चयन गरेको छ । एमालेले यही मंसिर १० देखि १२ गतेसम्म १०औँ महाधिवेशनको तयारीमा जुटेको छ । चितवनमा हुने महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्ने योजना बनाएको एमालेमा हालसम्म दुई जना मात्रै दोहोर्‍याएर नेतृत्वमा पुगेका छन् ।

चौथो र पाँचौ महाधिवेशनबाट मदन भण्डारी तथा छैठौँ र सातौँ महाधिवेशनबाट माधवकुमार नेपाल दुई/दुई पटक नेतृत्वमा पुगे पनि अन्य भने हालसम्म दोहोरिएका छैनन् । एमालेले हालै सार्वजनिक गरेको महाधिवेशन केन्द्रित आधिकारिक बुलेटिन ‘नवयुग’मा उल्लेख भएअनुसार नेपाल कम्युनिष्ट पार्टीको नाममा पहिलो पटक १० वैशाख २००६ मा संस्थापकको हैसियतमा पुष्पलालले नेतृत्व गर्नुभएको थियो ।

त्यसको चार वर्षपछि १०-२० माघ, २०१० मा ललितपुर र काठमाडौंमा महाधिवेशन भएको थियो । १० दिनसम्म चलेको सो महाधिवेशनबाट महामन्त्रीको रूपमा मनमोहन अधिकारी नेतृत्वमा पुगेका थिए । दोस्रो महाधिवेशन १५ देखि २५ जेठ, २०१४ मा आयोजना गरिएको थियो, जुन महाधिवेशनबाट केशरजंग रायमाझी महासचिव बन्नुभयो । यो महाधिवेशन पनि १० दिन चलेको थियो ।

तेस्रो महाधिवेशन भने ११ दिनसम्म सञ्चालन भएको थियो । स्थान उल्लेख नगरे पनि ४-१५ वैशाख, २०१९ मा भएको सो महाधिवेशनले तुल्सीलाल आमात्यलाई नेतृत्व सुम्पेको थियो । त्यसपछि झन्डै २७ वर्षसम्म महाधिवेशन नगरेको एमालेले पञ्चायतकालको अन्तिम अवस्थातिर विष्णुपुरकट्टी, सिरहामा चौथो महाधिवेशन आयोजना गरेको थियो । भूमिगत रूपमा सात दिनसम्म चलेको उक्त महाधिवेशनबाट पहिलो पटक मदन भण्डारी नेतृत्वमा पुग्नुभएको थियो ।

पञ्चायती व्यवस्था ढलेपछि एमालेले १४-२० माघ, २०४९ मा दशरथ रंगशालामा खुला महाधिवेशन गरेको थियो, जुन पाँचौँ महाधिवेशन थियो । जहाँबाट भण्डारी दोहोरिएर नेतृत्वमा पुग्नुभयो । भण्डारीको देहान्तपछि १२-१८ माघ, २०५४ मा बाँकेको नेपालगञ्जमा छैटौँ महाधिवेशन भयो । छैटौँ महाधिवेशनबाट माधवकुमार नेपालले नेतृत्व सम्हालेका थिए, भने उनै नेपाल सातौँ महाधिवेशनबाट पनि महासचिव पदमार्फत नेतृत्व तहमा दोहोरिनु भएको थियो ।

 

एकल नेतृत्वबाट सञ्चालन हुँदै आएको एमाले आठौँ महाधिवेशनमा पुग्दा भने बहुपद प्रणालीमा प्रवेश गरेको थियो । ५-१४ फागुन, २०६५ मा बुटवलमा सम्पन्न आठौँ महाधिवेशनबाट झलनाथ खनाल अध्यक्षको रूपमा नेतृत्व तहमा पुगेका थिए । उनले केपी शर्मा ओलीलाई पराजित गर्दै नेतृत्व सम्हालेका थिए ।

१९ असारदेखि १ साउन, २०७१ मा काठमाडौँको भृकुटीमण्डपमा भएकोे नवौँ महाधिवेशनबाट ओली अध्यक्ष चुनिनुभयो । उहाँले दुई पटक पार्टीको नेतृत्व सम्हालेका प्रतिस्पर्धी नेपाललाई पराजित गरी पार्टी नेतृत्वमा पुग्नुभएको हो । एमालेको १०औँ महाधिवेशन झण्डै ८ वर्ष पछि चितवनको भरतपुरमा आयोजना हुँदैछ । यो महाधिवेशनबाट पनि ओली नै एमालेको नेतृत्व सम्हाल्नु हुनेछ । नवौँ महाधिवेशनबाट अध्यक्ष बन्नुभएका ओली दुई पटक नेतृत्वमा पुग्ने तेस्रो नेता बन्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
घरायसी र अत्यावश्यक क्षेत्रमा मात्र ग्यास वितरण गर्ने तयारी

     पृथ्वी राजमार्गको कृष्णाभिर खण्डमा त्रिशूली नदीले सडक कटान गरेपछि काठमाडौं उपत्यका...

रसुवाको बाढीमा हालसम्म १ हजार ११४ मृत्यु, ३ हजार ९१६ जना सम्पर्कविहीन

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये १...

देशका विभिन्न सडकको अवस्था यस्तो छ

    नेपाल प्रहरीले लगातारको वर्षाका कारण देशका विभिन्न जिल्लाका सडक तथा राजमार्ग...

भोटेकोशी बाढी : २५ अर्ब ८७ करोडको बीमा दाबी

    गत बुधबार रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको क्षतिको हालसम्म २५...