केपी ओली विना देश समृद्ध हुनसक्दैन : प्रभु साह



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका नेता तथा पूर्वमन्त्री प्रभु साहले एमाले अध्यक्ष केपी शर्मा ओली विश्वकै उत्कृष्ट नेता रहेको बताएका छन् । बिहीबार सञ्चारकर्मीसँग काठमाडौंमा कुराकानी गर्दै नेता साहले सिंगो विश्वका सर्वहारा वर्गले केपी शर्मा ओलीमाथि गर्व गर्नुपर्ने बताएका छन् । पूर्वप्रधानमन्त्री ओली राष्ट्रवादी, स्वाभिमानी एवम् दुरगामी सोच भएको नेता रहेको बताउदै साहले मुलुकलाई समृद्ध बनाउने मौलिक दिशा समेत ओली संग रहेको बताए । विश्व कम्युनिष्ट आन्दोलन रक्षात्मक़ रहेको चुनौतीपूर्ण अवस्थामा केपी ओलीजीले नेपालमा कम्युनिष्ट आन्दोलनलाई नया उचाई दिएको नेता साहको भनाई छ ।

ूसंसारका जुनसुकै देशका नेताहरुले आफ्नो मुलुकको स्वाधीनता एवम् राष्ट्रियताको रक्षा गर्न प्रतिबद्ध हुन्छ । तर नेपालको जुन प्रकारको भुगोल छ, हाम्रो देश दुई विशाल महाशक्ति राष्ट्रहरुको बीचमा अवस्थित छ । दुवै देशसहित विश्वभरको शक्ति सन्तुलन गर्दै आफ्नो मुलुकको राष्ट्रियता र स्वाभिमानको रक्षा गर्न उहाँले जुन प्रकारले सक्षमता देखाउनु भएकोछ ल । दुनियाँको कुनै पनि देशमा यस्तो देखिएको छैनू नेता साहले भने, ूउहाँकै नेतृत्व भएकोले मात्र वर्षोदेखि गुमेको नेपाली भुमीसहितको नेपालको नक्सा सार्वजनिक गर्दै हाम्रो भुभागलाई फिर्ता लिने कार्यको थालनी भएको हो । जो नेपालको इतिहासमा नया हो ।ू

ूअहिले विश्व कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा छ, विश्वका कम्युनिष्ट पार्टीहरु टुटफुट र विघटनको अवस्थामा छ तर नेपालमा केपी ओलीको नेतृत्वमा शान्तिपूर्ण ढंगले मतदानमार्फत कम्युनिष्टको प्रभाव बढ़दो छ । यसले विश्वभरको कम्युनिष्टहरुलाई पाठ सिक्न बाध्य बनाएको छ । आज हेर्नुहुन्छ भने उहाँले लामो समयदेखि गरिबी र पछौटेपनबाट ग्रसित नेपाललाई विकसित बनाउने एउटा नयाँ मोडल दिनुभएको छ । समृद्ध नेपाल सुखी नेपालीको महान राष्ट्रिय आकांक्षासहित उहाँले कम समयमा मुलुकको तीव्र विकास सम्भव छ भन्ने मोडालिटी दिनुभएको छ ।ू नेता साहले भने, ूसामाजिक न्याय सहितको समृद्धिको यो मोडल आजको समकालीन विश्व राजनीतिमा एकदम मौलिक, नयाँ र दुरगामी छ । यी सबै विषयहरुले उहाँको महानताको बयान गर्छ । केपी ओली वर्तमान समयमा विश्वको सबैभन्दा उत्कृष्ट नेता हुनुहुन्छ । सिंगो देश उहाँकै नेतृत्वमा अगाडि बढ्छ ।ू

नेता साहले मुलुकमा समाजवादी शासन स्थापना गर्न समेत केपी ओलीको विकल्प नरहेको समेत बताए । ओली प्रधानमन्त्री हुँदा मुलुकलाई समृद्ध बनाउने दह्रो आधारशीला बसालिसकेकोले अब ओलीकै पालामा युगान्तकारी परिवर्तन हुने नेता साहको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
रास्वपा बागमतीका उपसभापतिले पनि छाडे पार्टी

  राष्ट्रिय स्वतन्त्र पार्टीका बागमती प्रदेश उपसभापति दिनेश हुमागाईँले पार्टी छाडेका छन् ।...

गुल्मी-२ मा गोकर्ण विष्टको भाषणभन्दा संवादमा जोड

    नेकपा एमालेबाट गुल्मी जिल्ला क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका...

भक्तपुर क्षेत्र नं.२ नेकपा (संयुक्त) का उम्मेदवार लोककृष्ण दाहाल नै एमालेमा प्रवेश

  फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा भक्तपुर क्षेत्र नं. २ मा नेकपा...

महेश बस्नेतलाई भेटन साँझसम्म कुरिरहे बालकोट खल्पिटारका जेष्ठ नागरिक

  साँझ ढल्किसकेको थियो । घरघर र सडकमा बत्तिको उज्यालो देखिन थालेको थियो...