महाधिवेशन उद्घाटनमा पाँच लाख मानिस उतार्ने एमालेको तयारी, तोकियो संख्या



हाम्रो इकोनोमि

 

 

प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले १०औँ महाधिवेशनको तयारी तीब्र बनाएको छ । यही मंसिर १० देखि १२ गतेसम्म चितवनमा महाधिवेशन तय भएपछि नेताहरू चितवन पुगेका छन् ।

अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने महाधिवेशनका तयारीका साथ मञ्च व्यवस्थापनका कार्य सुरु भएको छ । उद्घाटनमा झन्डै ५ लाख नागरिकको सहभागिता हुने एमाले नेताहरूले आँकलन गरेका छन् । जनपरिचालन कमिटीका संयोजक सुरेन्द्र पाण्डेका अनुसार नारायणी किनारमा मञ्च बनाएर महाधिवेशनलाई भव्य बनाउने र पाँच लाख मानिस उतार्ने लक्ष्यसहित काम अघि बढाइएको छ ।

जसअनुसार चितवनबाट ७५ हजार, नवलपुरबाट ५० र लुम्बिनी प्रदेशबाट ७५ हजार मानिस उतार्ने लक्ष्यसहित वडा तहमा जनपरिचालन गरेको एमालेले देशैभरबाट पाँच लाख मान्छे उतार्ने तयारी गरेको हो । महाधिवेशनमा बागमति प्रदेशबाट मात्रै ३ लाख जनता उतार्ने गरी गृहकार्य अघि बढेको छ ।

१० गते उद्घाटन भएपछि ११ गते सौरहामा बन्दसत्र आयोजना हुनेछ । एमालले निर्वाचन प्रक्रिया भने १२ मंसिरबाट मात्रै सुरु गर्नेछ । एमाले महाधिवेशनमा पहिलो पटक विद्युतीय मतदान हुन लागेको हो । एमालले १९ सय प्रतिनिधिलाई मतदानबारे चितवनमा नै तालिमसमेत दिँदैछ ।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...