यसरी हुनेछ एमाले महाधिवेशनमा विद्युतीय मतदान (भिडिओ)



हाम्रो इकोनोमि

 

 

विद्युतीय मतदानको व्यवस्था मिलाउने जिम्मा नेपालमै भोटिङ मेसिन बनाएका राम लक्ष्मण इनोभेसन्सले पाएका छन्। एमालेले नवौं महाधिवेशनमा पनि विद्युतीय मतदान गराउन खोजेको थियो। अन्तिम समयमा विवाद आएपछि रोकिएको थियो।

आउँदो मंसिर १० देखि १२ गतेसम्म हुने महाधिवेशनमा पहिलोपटक विद्युतीय मतदान हुन लागेको हो। एमालेको विधानअनुसार सबै पदमा निर्वाचन भए एउटा महाधिवेशन प्रतिनिधिले ४८ पदमा मत खसाल्नुपर्नेछ। केन्द्रीय सदस्यहरू छानेर मतदान गर्नुपर्ने भएकाले एक व्यक्तिलाई २० मिनेटदेखि आधा घन्टाको समय मतदानमा लाग्नेछ।

यसका लागि महाधिवेशन स्थलमा बढीमा सय वटासम्म टच स्क्रिन राखिने भएको छ। एमाले महाधिवेशनमा १ हजार ९ सय ९९ महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन्। निर्वाचन भए सुरूमा अध्यक्षका उम्मेद्वारहरूलाई मत दिनुपर्नेछ। त्यसपछि वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव हुँदै मतदान प्रक्रिया अघि बढ्छ। कुनै व्यक्तिले अन्तिममा मतदान सकियो भन्ने बटनमा टच नगरेसम्म आफ्नो मत सच्याउन सक्नेछन्। टच स्क्रिनमा सबै उम्मेद्वारको फोटो र नाम हुनेछ। भोटिङ मेसिन निर्माण गरेका रामप्रसाद रिमालका अनुसार उम्मेद्वारको नामावली वर्णानुक्रमअनुसार हुनेछ।

केन्द्रीय सदस्य पदमा धेरै उम्मेद्वारी परे स्क्रिनमा भएका सबै उम्मेद्वारको फोटो र नाम नदेखाएसम्म अगाडि बढ्न नमिल्ने गरी सेटिङ गरिएको रिमालले बताए। उनका अनुसार एउटै व्यक्तिले पदको संख्या भन्दा धेरैलाई मत दिन सक्ने छैनन्। त्यसैले मत बदरको सम्भावना हुने छैन। रिमालका अनुसार मतदान सम्पन्न भएको बढीमा ४ घन्टामा मतपरिणाम आउनेछ।

भिडिओ:

 

प्रतिक्रिया दिनुहोस
ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...