साइकल खरिदमा पनि कमिसन, मुख्यमन्त्री राउतको पद धरापमा



हाम्रो इकोनोमि

 

 

साइकल खरिदमा पनि कमिसन लिएपछि मुख्यमन्त्री राउतको पद धरापमा परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले साइकल खरिदमा अनियमितता गरेको ठहर गरेको छ । आयोगले मुख्यमन्त्री कार्यालयबाट भएको साइकल खरिदमा अनियमितता भएको पाइएको जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको प्रमुख कृष्णप्रसाद सापकोटाले ‘मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ अभियान’ अन्तर्गत वितरणका लागि खरिद गरिएको साइकलमा अनियमितता भएको जनाएका छन् ।

अभियानमाक साइकल खरिदमा अनियमितता भएको भन्दै उजुरी परेपछि बर्दिबासस्थित अख्तियारको टोलीले गत असोज १३ गते मुख्यमन्त्री कार्यालयमा छापा मार्दै केही फाइल नियन्त्रणमा लिएको थियो ।

आयोगले ति फाइलहरुको अध्ययनबाट अनियमितता भएको जनाएको हो । आयोगले प्रारम्भिक अनुसन्धानमा अनियमितता भएको देखिएको बताएको हो । अनियमितताबारे अध्ययन गर्न छुट्टै अनुसन्धान अधिकृत नियुक्ति गरिएको र थप अध्ययन पछि वास्तविकता पत्ता लाग्ने आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...