साइकल खरिदमा पनि कमिसन, मुख्यमन्त्री राउतको पद धरापमा



हाम्रो इकोनोमि

 

 

साइकल खरिदमा पनि कमिसन लिएपछि मुख्यमन्त्री राउतको पद धरापमा परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले साइकल खरिदमा अनियमितता गरेको ठहर गरेको छ । आयोगले मुख्यमन्त्री कार्यालयबाट भएको साइकल खरिदमा अनियमितता भएको पाइएको जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको प्रमुख कृष्णप्रसाद सापकोटाले ‘मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ अभियान’ अन्तर्गत वितरणका लागि खरिद गरिएको साइकलमा अनियमितता भएको जनाएका छन् ।

अभियानमाक साइकल खरिदमा अनियमितता भएको भन्दै उजुरी परेपछि बर्दिबासस्थित अख्तियारको टोलीले गत असोज १३ गते मुख्यमन्त्री कार्यालयमा छापा मार्दै केही फाइल नियन्त्रणमा लिएको थियो ।

आयोगले ति फाइलहरुको अध्ययनबाट अनियमितता भएको जनाएको हो । आयोगले प्रारम्भिक अनुसन्धानमा अनियमितता भएको देखिएको बताएको हो । अनियमितताबारे अध्ययन गर्न छुट्टै अनुसन्धान अधिकृत नियुक्ति गरिएको र थप अध्ययन पछि वास्तविकता पत्ता लाग्ने आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...