प्रधानन्यायाधीशले राजीनामा दिनुपर्छ : महतो



हाम्रो इकोनोमि

 

 

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता राजेन्द्र महतोले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले पदबाट राजीनामा दिनुपर्ने बताएका छन् । जनताले न्याय नपाउनुको कारण प्रधानन्यायाधीश नै भएको भन्दै उनले जबराले अविलम्ब निकास दिनुपर्ने बताए । आज वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा महतोले भने, ‘नेपाली जनताले न्याय पाइरहेको छैन, अदालत चलिरहेको छैन । अदालतको न्यायाधीश लगायत सारा कानून व्यवसायी आन्दोलनमा छ । सेटिङमा देश चलिरहेको छ । त्यसको जिम्मा प्रमुख प्रधानन्यायाधीशले लिनुपर्छ ।’

न्यायालय फेल हुनु भनेको देश फेल हुनु हो भन्दै महतोले भने, ‘यो अवस्था आउन दिनुहुन्न । अविलम्ब यसको निकास दिनुपर्छ । न्यायायलयजस्तो संस्थाको गरिमालाई बचाउन अविलम्ब उहाँले (प्रधानन्यायाधीशले) निकास चाहिं दिनुपर्छ ।’ ‘प्रधानन्यायाधीश आफैं दोषी त छँदै हो किनभने त्यो कुर्सीमा बसेपछि सेटिङमा फैसला गर्न मिल्दैन,’ महतोले भने, ‘प्रधानन्यायाधीशको राजीनामा माग्या हो, राजीनामा गर्नुपर्छ ।’

कांग्रेस, एमाले र माओवादीले एकल जातीय सोच र चिन्तनबाट देश सन्चालन गरिरहेको भन्दै उनले बहुराष्ट्रिय राज्यको रुपमा शासन र संविधान नचलाएसम्म यस्ता समस्या आइरहने बताए । ‘यो देश बहुल राष्ट्रिय राज्य हो । त्यसअनुसार संविधान बनेन र शासन चलाइएन । जड यहाँ हो,’ महतोले भने, ‘त्यसकारण यसको समाधान भनेको यो शासन र संविधान सम्पूर्ण नेपाली जनताको लागि बनाउनुपर्ने हो । बहुल राष्ट्रिय राज्यको चिन्तन र सोचबाट चलाउनुपर्ने हो ।’

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...