धनकुटाका सबै माओवादी एमालेमा, जिल्ला नै शुन्य



हाम्रो इकोनोमि

 

 

प्रदेश नम्बर १ को धनकुटा जिल्लामा नेकपा माओवादी केन्द्र शून्य प्राय हुने भएको छ । नेकपा मओवादी केन्द्रका नेता कार्यकर्ता सोमबार नेकपा एमालेमा प्रवेश गर्दैछन । धनकुटा नगरपालिकाका वडा नम्बर ९ मा वडा अध्यक्षमा विजयी भएका एकमात्र माओवादी नेताले एमाले रोज्नुभएको छ । वडा नम्बर ९ का अध्यक्ष सन्दिप रायमाझीले प्रचण्ड लगायतले आन्दोलनप्रति गद्दारी गरेका कारण राष्ट्रको समृद्धिको अभियानमा सहभागी हुन नेकपा एमालेमा प्रवेश गर्ने निर्णयमा पुगेको बताउनुभयो ।

सोमबार धनकुटाको सहिदभूमि गाउँपालिकाको छिन्ताङमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादीका सयौँ कार्यकर्तालाई एमालेमा प्रवेश गराउने कार्यक्रम रहेको छ । पार्टी प्रवेश गराउने प्रयोजनका लागि प्रदेश नम्बर १ मा माओवादी शून्य पार्ने घोषणा गरेका व्यवसायी समेत रहेका एमाले नेता दुर्गा प्रसाईले केही दिनदेखि धनकुटाका गाउँगाउँमा माओवादीका नेता कार्यकर्ता एमालेमा प्रवेश गराउने कार्यमा लागि रहुनुभएको छ । सोमबारको कार्यक्रममा सयौँ माओवादी कार्यकर्ता एमाले प्रवेश गर्ने र त्यसको तयारी अन्तिम चरणमा पुगेको प्रसाईले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...