धनकुटाका सबै माओवादी एमालेमा, जिल्ला नै शुन्य



हाम्रो इकोनोमि

 

 

प्रदेश नम्बर १ को धनकुटा जिल्लामा नेकपा माओवादी केन्द्र शून्य प्राय हुने भएको छ । नेकपा मओवादी केन्द्रका नेता कार्यकर्ता सोमबार नेकपा एमालेमा प्रवेश गर्दैछन । धनकुटा नगरपालिकाका वडा नम्बर ९ मा वडा अध्यक्षमा विजयी भएका एकमात्र माओवादी नेताले एमाले रोज्नुभएको छ । वडा नम्बर ९ का अध्यक्ष सन्दिप रायमाझीले प्रचण्ड लगायतले आन्दोलनप्रति गद्दारी गरेका कारण राष्ट्रको समृद्धिको अभियानमा सहभागी हुन नेकपा एमालेमा प्रवेश गर्ने निर्णयमा पुगेको बताउनुभयो ।

सोमबार धनकुटाको सहिदभूमि गाउँपालिकाको छिन्ताङमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादीका सयौँ कार्यकर्तालाई एमालेमा प्रवेश गराउने कार्यक्रम रहेको छ । पार्टी प्रवेश गराउने प्रयोजनका लागि प्रदेश नम्बर १ मा माओवादी शून्य पार्ने घोषणा गरेका व्यवसायी समेत रहेका एमाले नेता दुर्गा प्रसाईले केही दिनदेखि धनकुटाका गाउँगाउँमा माओवादीका नेता कार्यकर्ता एमालेमा प्रवेश गराउने कार्यमा लागि रहुनुभएको छ । सोमबारको कार्यक्रममा सयौँ माओवादी कार्यकर्ता एमाले प्रवेश गर्ने र त्यसको तयारी अन्तिम चरणमा पुगेको प्रसाईले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...