माओवादीका मेयर नै एमालेमा प्रवेश



हाम्रो इकोनोमि

 

 

२०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट मोरङको उर्लाबारी नगरपालिकाको मेयरका उम्मेदवार राजेन्द्र पौडेल नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । आइतबार एमाले जिल्ला पार्टी कार्यालय विराटनगरमा एमालेका प्रदेश कमिटी सचिव विनोद ढकाल र जिल्ला अध्यक्ष ऋषिकेश पोखरेलले पौडेललाई पार्टी सदस्यता प्रदान गर्नुभयो ।

लामो समयदेखि माओवादी केन्द्रको राजनीतिमा रहेका पौडेल विगतमा माओवादी केन्द्रको महाधिवेशन आयोजक कमिटीको सदस्य समेत हुनुभएको थियो । गत स्थानीय तह निर्वाचनमा उर्लाबारी नगरपालिकाको मेयरको उम्मेद्वार रहेका उर्लाबारी ४ निवासी पौडेल तेस्रो हुनुभएको थियो । पौडेलले नेकपा एमालेको सदस्यता लिँदा जिल्ला समन्वय समितिका संयोजक तथा एमाले प्रदेश कमिटी सदस्य नरेश पोखरेल, एमाले जिल्ला कमिटी सदस्य अग्नि भट्टराई, पुष्प ढकाल, नेकपा एमाले उर्लाबारीका अध्यक्ष गंगाप्रसाद बास्तोलालगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...