माओवादीका मेयर नै एमालेमा प्रवेश



हाम्रो इकोनोमि

 

 

२०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट मोरङको उर्लाबारी नगरपालिकाको मेयरका उम्मेदवार राजेन्द्र पौडेल नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । आइतबार एमाले जिल्ला पार्टी कार्यालय विराटनगरमा एमालेका प्रदेश कमिटी सचिव विनोद ढकाल र जिल्ला अध्यक्ष ऋषिकेश पोखरेलले पौडेललाई पार्टी सदस्यता प्रदान गर्नुभयो ।

लामो समयदेखि माओवादी केन्द्रको राजनीतिमा रहेका पौडेल विगतमा माओवादी केन्द्रको महाधिवेशन आयोजक कमिटीको सदस्य समेत हुनुभएको थियो । गत स्थानीय तह निर्वाचनमा उर्लाबारी नगरपालिकाको मेयरको उम्मेद्वार रहेका उर्लाबारी ४ निवासी पौडेल तेस्रो हुनुभएको थियो । पौडेलले नेकपा एमालेको सदस्यता लिँदा जिल्ला समन्वय समितिका संयोजक तथा एमाले प्रदेश कमिटी सदस्य नरेश पोखरेल, एमाले जिल्ला कमिटी सदस्य अग्नि भट्टराई, पुष्प ढकाल, नेकपा एमाले उर्लाबारीका अध्यक्ष गंगाप्रसाद बास्तोलालगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...