चितवनमा एमालेका सबै प्रतिनिधि सर्वसम्मत



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेको दशौं महाधिवेशन आयोजक जिल्ला चितवनमा २८ जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन भएका छन् । दुई दिनको सहमति प्रयासपछि पूर्वअध्यक्ष कृष्णभक्त पोखरेल र वर्तमान अध्यक्ष पार्वती रावलसहित सबै प्रतिनिधि सर्वसम्मत चयन हुनुभएको हो ।

जिल्लाका बरिष्ठ नेताहरू जेएन थपलिया, पूर्वमन्त्री दावादोर्जे लामा, युवा नेता रामप्रसाद न्यौपाने, नेकपा एस छाडेर एमालेमा फर्किनुभएका तेजेन्द्र खड्कासहितका नेताहरू प्रतिनिधि बन्नुभएको छ ।

निर्वाचन क्षेत्र नम्बर १

खुलातर्फ : जेएन थपलिया, दावा लामा, झगरु चौधरी, प्रकाश खनाल (शैलेस), नारायण वन, यादव पाठक, कमल पाठक

महिलातर्फ : प्रभा बराल, सुनिमाया चेपाङ, विमला दुवाडी

निर्वाचन क्षेत्र नम्बर २ बाट

खुलातर्फ : कृष्णभक्त पोखरेल, विजय सुवेदी, बाबुराम खरेल, टिका रिजाल, तेजेन्द्र बहादुर खड्का, पुरुषोत्तम न्यौपाने

महिलातर्फ : सूर्यवदना हमाल, शान्ति अधिकारी, माया सिलवाल

निर्वाचन क्षेत्र नम्बर ३ बाट

खुलातर्फ : हरिप्रसाद सापकोटा, रामप्रसाद न्यौपाने, कृष्णप्रसाद भुर्तेल, विष्णुहरी तिमिल्सेना, प्रकाश ढुंगाना

महिलातर्फ : पार्वती रावल, सरस्वती विष्ट

दलित तथा उत्पीडन क्षेत्रबाट स् शिवकुमारी गोतामे, श्यामलाल विक

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...