प्रचण्डलाई ठूलो झड्का, प्रेम रिमालले त्यागे माओवादी केन्द्र



हाम्रो इकोनोमि

 

 

नेकपा माओवादी केन्द्रका नेता एवम् बाम बुद्धिजीवि प्रेम रिमालले माओवादी केन्द्र परित्याग गर्नुभएको छ । शनिवार साँझ फेसबुकमा स्टाटस लेखेर रिमालले माओवादी केन्द्र परित्याग गरेको घोषणा गर्नुभएको हो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट मानिने रिमाल पेशाले शिक्षक हुनुहुन्छ ।

‘म निष्ठावानका साथ जिवन विताइरहेको मान्छे हुँ, म आजिवन कम्युनिष्ट विचार बोकेर हिड्ने मानिस हुँ, तर आजदेखि कुनैपनि पार्टीमा आवद्ध छैन’, रिमालले भन्नुभयो । नेपालका कम्युनिष्ट पार्टीले न्यूनतम आचरण पनि पालना नगरेको उहाँको भनाई छ । उहाँले माआवादी केन्द्र परित्याग गर्नुको अर्थ एमाले वा काँग्रेस प्रवेश गर्छ भनेर नबुझ्न अनुरोध गर्नुभयो । आफु जीवनभर कम्युनिष्ट रहने समेत उहाँले उद्घोष गर्नुभएको छ ।

१० बर्ष जनयुद्ध लडेको पार्टी माओवादीले समेत जनताका मुद्धा र कम्युनिष्टको विचार परित्याग गरेको उहाँको भनाई छ । उहाँले जनताको पक्षमा हुने आन्दोलनमा यसअघि पनि नेतृत्वदायी भूमिका खेलेको र आगामी दिनमा पनि जारी राख्ने बताउनु भयो ।

प्रचण्डलाई निर्वाचनमा विजयी गराउन उहाँकै नेतृत्वमा बुद्धिजिवीहरुले अभियान सञ्चालन गरेका थिए । रिमालले प्रचण्डको पक्षमा विभिन्न क्षेत्रमा दर्जनौ ठाँउमा भाषण समेत गर्दै हिडनु भएको थियो । माओवादी केन्द्रले पनि उहाँलाई चुनावका बेलामा भाषण गर्न मात्रै सम्झिने गरेको थियो । माओवादी केन्द्र पार्टीमा दार्शनिक, राजनीतिक र सांस्कृतिक रुपमा बिचलन आएका कारण परित्याग गरेको रिमालल बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस
ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...