प्रचण्डलाई ठूलो झड्का, प्रेम रिमालले त्यागे माओवादी केन्द्र



हाम्रो इकोनोमि

 

 

नेकपा माओवादी केन्द्रका नेता एवम् बाम बुद्धिजीवि प्रेम रिमालले माओवादी केन्द्र परित्याग गर्नुभएको छ । शनिवार साँझ फेसबुकमा स्टाटस लेखेर रिमालले माओवादी केन्द्र परित्याग गरेको घोषणा गर्नुभएको हो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट मानिने रिमाल पेशाले शिक्षक हुनुहुन्छ ।

‘म निष्ठावानका साथ जिवन विताइरहेको मान्छे हुँ, म आजिवन कम्युनिष्ट विचार बोकेर हिड्ने मानिस हुँ, तर आजदेखि कुनैपनि पार्टीमा आवद्ध छैन’, रिमालले भन्नुभयो । नेपालका कम्युनिष्ट पार्टीले न्यूनतम आचरण पनि पालना नगरेको उहाँको भनाई छ । उहाँले माआवादी केन्द्र परित्याग गर्नुको अर्थ एमाले वा काँग्रेस प्रवेश गर्छ भनेर नबुझ्न अनुरोध गर्नुभयो । आफु जीवनभर कम्युनिष्ट रहने समेत उहाँले उद्घोष गर्नुभएको छ ।

१० बर्ष जनयुद्ध लडेको पार्टी माओवादीले समेत जनताका मुद्धा र कम्युनिष्टको विचार परित्याग गरेको उहाँको भनाई छ । उहाँले जनताको पक्षमा हुने आन्दोलनमा यसअघि पनि नेतृत्वदायी भूमिका खेलेको र आगामी दिनमा पनि जारी राख्ने बताउनु भयो ।

प्रचण्डलाई निर्वाचनमा विजयी गराउन उहाँकै नेतृत्वमा बुद्धिजिवीहरुले अभियान सञ्चालन गरेका थिए । रिमालले प्रचण्डको पक्षमा विभिन्न क्षेत्रमा दर्जनौ ठाँउमा भाषण समेत गर्दै हिडनु भएको थियो । माओवादी केन्द्रले पनि उहाँलाई चुनावका बेलामा भाषण गर्न मात्रै सम्झिने गरेको थियो । माओवादी केन्द्र पार्टीमा दार्शनिक, राजनीतिक र सांस्कृतिक रुपमा बिचलन आएका कारण परित्याग गरेको रिमालल बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...