प्रचण्डमुक्त नेपाल बनाउने उदघोषसहित पुरै गाउँका नेता-कार्यकर्ता एमालेमा प्रवेश



हाम्रो इकोनोमि

 

 

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका १२ को पिपिरा टोलवाट नेकपा माओवादी केन्द्रका नेतासहित सिंगो गाउँ एमालेमा समाहित भएका छन । माओवादी वीरेन्द्रनगर नगर कमिटी सदस्य कर्णवहादुर नेपालीसहित गाउँमा रहेका ४० जना माओवादी कार्यकर्ताहरु आज नेकपा एमालेमा प्रवेश गरेका हुन ।

पार्टी सुदृढीकरण तथा संगठन विस्तार अभियान अन्तर्गत आज उक्त टोलवाट माओवादी नेता कार्यकर्ताहरु प्रवेश गरेको नेकपा एमाले सुर्खेत जिल्ला कमिटी सदस्य पूर्णप्रसाद पौडेलले जानकारी दिनुभयो । नव प्रवेशीहरुलाई नेकपा एमालेका केन्द्रीय सदस्य एवम् कर्णाली प्रदेश सहइञ्चार्ज यमलाल कँडेलले स्वागत गर्नुभयो । पार्टी प्रवेश कार्यक्रमलाई संवोधन गर्दै कँडेलले देशभर एमाले पार्टीप्रति आकर्षण वढिरहेको वताउनु भयो ।

एमाले पार्टीले लिएको नीति र विचारका कारण एमाले पार्टी देशकै १ नंवर पार्टी वनेको र आगामी निर्वाचनमा एकल वहुमत ल्याउने कँडेलले बताउनु भयो । कम्युनिस्ट पार्टीका बाकस धेरै भएकोले जनमत हुँदाहुँदै पनि निर्वाचनमा अपेक्षित परिणाम ल्याउन नसकिएको उनले स्वीकार गरे। कांग्रेसको पछि लागेर कम्युनिस्ट वन्न नसकिने तर्क गर्दै कर्णाली प्रदेश सभा सदस्यसमेत रहेका कँडेलले प्रचण्ड र माधवकुमार नेपाल कम्युनिस्ट नै नभएको बताउनु भयो ।

शेरवहादुरको पछि लाग्नै थियो भने किन कम्युनिस्ट पार्टी खोलेको भन्दै उनले माधव प्रचण्डलाई प्रश्न गर्नुभयो । उहाँले देशमा एमाले र केपी ओलीविरुद्धमा सवै पार्टी एक ठाँउमा रहेको वताउँदै एमालेले निर्वाचन जित्ने प्रष्ट आधार यसैले तय गरेको वताउनु भयो।

माओवादीबाट एमाले प्रवेश गरेका नेता कार्यकर्ताले प्रचण्ड कम्युनिष्ट होइनन भन्ने पुष्टि भएको र उनको भ्म टुटेको कारण एमालेमा समाहित भएको बताउनु भयो । उहाँहरुले प्रचण्डको भ्रममा अव कोही नपर्न पनि अपिल गर्नुभयो । एमाले वडा कमिटी अध्यक्ष चूडामणि चपाईको अध्यक्षतामा भएको पार्टी प्रवेश कार्यक्रममा एमाले प्रदेश कमिटी सदस्य खड्कवहादुर खत्री लगायतका नेताहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस
तर्साएर तर्सिन्नँ, फकाएर फकिन्नँ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले शेरबहादुर देउवा पक्षलाई समेटेर निष्पक्ष महाधिवेशन...

मृत भेटिए कपिलवस्तुका पूर्वमेयर किरण सिंह

    तीन दिनदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा कांग्रेस नेता किरण सिंह...

९६ प्रतिशत सकियो धान रोपाइँ

    देशभर हाल सम्म धान रोपाइँ ९६ प्रतिशतभन्दा बढी सम्पन्न भएको छ...

कांग्रेस असन्तुष्ट समूहले देउवासहितको राष्ट्रिय भेला गर्ने

    सर्वोच्च अदालतले कांग्रेसको आधिकारिकता विवादमा पुनरावलोकन गर्ने अनुमति दिएसँगै पूर्वसभापति शेरबहादुर...