देउवा-ओली नजिकिदै, नयाँ गठबन्धन बन्नसक्ने



हाम्रो इकोनोमि

 

 

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच निकटता बढ्दै गएको छ । यी दुई नेताबीच कतिपय मुद्दाका कारण निकटता बढेको हो । विशेषगरी अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे देउवा र ओलीको धेरै कुरा मिलेको छ । प्रधानमन्त्री देउवा एमसीसी पारित गर्न आतुर छन् । ओली पनि प्रधानमन्त्री हुँदा एमसीसीको पारित गर्न बढेको थिए । अहिले ओली एमसीसीबारे मौन छन् । तर, उनले सत्ता गठबन्धनको धारणा आएपछि मात्र बोल्ने स्पष्ट पारेका छन् ।

एमसीसीबारे नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसहित सबैजसो कम्युनिस्ट पार्टीहरु विरोधमा छन् । प्रचण्डले एमसीसी पारित गर्ने लिखित पत्र पठाएको देउवाको खुलासालाई खण्डन गरेका छन् । माधव नेपाल पनि संशोधनविना एमसीसी पारित गर्न नहुने पक्षमा छन् । सत्ता गठबन्धनभित्र एमसीसीबारे मतभेद देखिएकाले गठबन्धनमा समस्या आइसकेको छ । एमसीसीकै कारण गठबन्धन टुट्न पनि सक्छ । यसलाई पारित गर्न काँग्रेस र एमाले मिलेर अगाडि बढ्ने परिस्थिति सृजना पनि हुनसक्छ । यही यथार्थ बुझेर जसपा संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले एमसीसीबारे भ्रम नफैलाउन भनेका छन् । उनी एमसीसीको पक्षमा उभिएका छन् ।

एमसीसीको पक्ष या विपक्षमा दलहरु देखिएकाले संसदमा अगाडि बढाउँदै ठूलै कम्पन जानसक्छ । माओवादी र नेकपा एस विपक्षमा उभिएमा देउवाले ओली, महन्थ ठाकुर र उपेन्द्र यादवलाई मिलाएर जाने अवस्था बन्ने देखिएको छ । त्यतिबेला नयाँ गठबन्धनको परिस्थिति तयार हुनसक्छ । अर्कोतर्फ, संवैधानिक परिषदले गरेका संवैधानिक निकायका नियुक्तिहरुमा पनि देउवा र ओलीबीच भित्री सहमति देखिन्छ । यसको खारेजीको दबाब प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि सृजना गर्न खोजिएको कारण देउवा र ओलीबीच निकटता बढेको देखिन्छ । काँग्रेस र नेकपा एमाले निकट कानुन व्यवसायीहरुको संगठनले एकैदिन प्रधानन्यायाधीश जबरालाई उत्साही बनाउने गरी तिहारको ठिक अघि विज्ञप्ति जारी गरेका थिए । यो अर्थपूर्ण छ ।

संवैधानिक निकायको नियुक्ति अदालतको फैसलाले खारेज गराउन प्रचण्ड र माधव नेपाललगायत नेताहरु लागेका छन् । यो विषयले पनि देउवाको प्रचण्ड र माधव नेपालसँग दूरी बढ्दै गएको छ । यस अवस्थामा ओली नजिकिएका छन् । एमसीसी र प्रधानन्यायाधीशको विषयले देउवा र ओलीबीच फेरि गठबन्धन बन्नसक्ने परिस्थिति विकास हुँदै गएको छ ।

प्रतिक्रिया दिनुहोस
रास्वपा बागमतीका उपसभापतिले पनि छाडे पार्टी

  राष्ट्रिय स्वतन्त्र पार्टीका बागमती प्रदेश उपसभापति दिनेश हुमागाईँले पार्टी छाडेका छन् ।...

गुल्मी-२ मा गोकर्ण विष्टको भाषणभन्दा संवादमा जोड

    नेकपा एमालेबाट गुल्मी जिल्ला क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका...

भक्तपुर क्षेत्र नं.२ नेकपा (संयुक्त) का उम्मेदवार लोककृष्ण दाहाल नै एमालेमा प्रवेश

  फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा भक्तपुर क्षेत्र नं. २ मा नेकपा...

महेश बस्नेतलाई भेटन साँझसम्म कुरिरहे बालकोट खल्पिटारका जेष्ठ नागरिक

  साँझ ढल्किसकेको थियो । घरघर र सडकमा बत्तिको उज्यालो देखिन थालेको थियो...