गोकुलेश्वर विमानस्थल चाडै सञ्चाल हुन्छ : मन्त्री आले



हाम्रो इकोनोमि

 

 

 

मन्त्री भएदेखि सुदूरपश्चिमका बन्द रहेका विमानस्थलमा जहाँज चलाउन निकै लागि पर्नु भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले फेरी अर्को कदम चाल्नु भएको छ । लामो समयदेखि स्तरोन्नती नभएर बन्द अवस्थामा रहेको दार्चुलाको गोकुलेश्वर विमानस्थल चाडै सञ्चालनमा ल्याइने गरी काम सुरु गराउनु भएको छ । जहाँज नभएर सुदूरपश्चिमका नागरिकहरुलाई असहज भइरहेका बेला मन्त्री आलेले बन्द रहेका सबै विमानस्थलहरुमा जहाँज चलाउन निकै लागि पर्नु भएको छ । यसै क्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले निर्माणाधिन दार्चुलाको गोकुलेश्वर विमानस्थल चाडै सञ्चालनमा ल्याइने बताउनु भएको छ ।

बुधबार नेकपा एकीकृत समाजवादी पार्टीको जिल्ला पार्टी घोषणा कार्यक्रम सहित उक्त निर्माणाधिन विमानस्थलको अनुगमनका लागि त्यहाँ पुग्नु भएका मन्त्री आलेले गोकुलेश्वर विमानस्थलमा चाडै विमान सञ्चालन गर्नका लागि काम अगाडी बढेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “दार्चुलाको गोकुले सहित यहाँका पहाडी जिल्लाका सबै विमानस्थलमा नियमित जहाँज चलाउने गरी काम अगाडी बढाएको छु, चाडै नै यहाँका नागरिकले जहाँज चढ्न पाउने छन् ।” सोही क्रममा मन्त्री आलेले निर्माणाधिन गोकुलेश्वर विमानस्थलका लागि बजेटको कुनै कमि हुँन नदिने आश्वासन समेत दिनुभयो ।

एयरपोर्टको टर्मिनल भवन, टेक्सी पार्किङ लगायतका सबै भौतिक पूर्वाधार निर्माणको लागि बजेट विनियोजन गरिने बताउनु हुँदै मन्त्री आलेले थप भन्नुभयो, “विमानस्थलका लागि प्रयाप्त बजेट विनियोजन गर्छु, निर्माण कार्य चाडो सक्न नागरिको निगरानी पनि जरुरी छ ।” विमानस्थल निर्माण गरी चाडो जहाँज सञ्चालन गर्ने मन्त्री आलेको आश्वासन पछि त्यहाँका नागरिकहरु निकै खुशी भएका छन् । साथै मन्त्री आलेले राष्ट्रकै सातौं धाम मालिकार्जुन धामका लागि क्रमागत रुपमा चाहिने जति बजेट राख्ने समेत बताउनुभयो ।

विमल विष्ट

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...