आन्दोलन अझै सशक्त पार्छौं : महासचिव पौडेल



हाम्रो इकोनोमि

 

 

प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराले भिजिलान्ते प्रयोग गरेर आन्दोलन दबाउन खोजेको आरोप नेपाल बार एशोसिएसनले लगाएको छ । एशोसिएसनका महासचिव लिलामणि पौडेलले धर्नालाई सम्बोधन गर्दै सो आरोप लगाएका हुन् । आन्दोलनमा घुसपैठ गराएर निस्तेज पार्न खोजिएको दाबी गर्दै उनले एशोसिएसनको आन्दोलन अझै सशक्त हुने बताए ।

कानुन व्यवसायीहरु अहिले सर्वोच्च अदालतको मूल गेट अगाडि धर्नामा बसेका छन् । त्यहाँको कोणसभालाई कानुन व्यवसायीहरुले सम्बोधन गरिरहेका छन् । सम्बोधनको क्रममा उनीहरुले प्रधानन्यायाधीशको राजीनामा दिनुपर्ने माग राखेका छन् । १२ बजेसम्म त्यहाँ कार्यक्रम गर्ने र नेपाल बार एशोसिएसनको कार्यालयमा फर्किने उनीहरुले बताएका छन् ।

उनीहरुले आज प्रधानन्यायाधीश जबरालाई आज सर्वोच्च अदालत भित्र प्रवेश गर्न नदिने योजना बनाएका छन् । उनीहरुको योजना असफल पार्न व्यापक रुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ । सर्वोच्च अदालतको मूल गेटमा धर्ना दिन अगाडि बढेका कानुन व्यवसायीसँग प्रधानन्यायाधीश जबरा पक्षका कानुन व्यवसायीहरुबीच केहीबेर भनाभन भएपछि झडप भएको थियो ।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...