कानुन व्यवसायीको जुलुसमा झडप, प्रधानन्यायाधीशलाई सर्वोच्चमा प्रवेश रोक



हाम्रो इकोनोमि

 

 

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउन नेपाल बार एसोसिएसनको अगुवाइमा कानुन व्यवसायीहरू धर्नामा बसेका छन्।

प्रधानन्यायाधीशको राजीनामा माग्दै बारको नेतृत्वमा कानुन व्यवसायी आन्दोलित छन्। आन्दोलनस्वरूप आज प्रधानन्यायाधीश जबरालाई सर्वोच्चमा प्रवेश गर्न नदिने उनीहरूको तयारी छ । सर्वोच्च अदालत परिसरमा ठूलो संख्यामा कानुन व्यवसायी उपस्थित छन्। सर्वोच्चको गेटमा सुरक्षाकर्मीको पनि बाक्लो उपस्थिति छ। यसैबीच राणा समर्थित वकिलहरूले सर्वोच्चको गेटमा राणाको पक्षमा नाराबाजी गरेपछि प्रहरीले केहीलाई नियन्त्रणमा लिएको छ।

कानुन व्यवसायीहरुको जुलुसमा झडप भएको छ । केही पक्राउ परेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा पक्षका कानुन व्यवसायी र आन्दोलनरत कानुन व्यवसायीहरुबीच झडप भएको हो । सर्वोच्च अदालतको मूल गेटमा धर्ना दिन अगाडि बढेका कानुन व्यवसायीसँग उनीहरुको केहीबेर भनाभन भएको थियो । त्यसपछि हात हालाहाल भएको थियो । प्रहरीले केहीलाई पक्रेर भ्यानमा राखेको थियो ।

तर काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले भने झडप नभएको र कसैलाई पनि पक्राउ नगरेको बताए । अहिले आन्दोलनरत कानुन व्यवसायीहरु सर्वोच्च अदालत अगाडिको मुख्य गेटमा भेला भएर धर्नामा बसेका छन् । सर्वोच्च अदालत प्रवेश गर्ने भित्री गेटहरु सबै बन्द भएपछि उनीहरुले बाहिरी गेटमा धर्ना दिएका हुन् । उनीहरुले प्रधानन्यायाधीश राजीनामा दे भन्दै नारा लगाएका छन् । आन्दोलनको अगुवाइ गर्दै आएको नेपाल बार एशोसिएसनका पदाधिकारीहरुले प्रदर्शनमा सहभागीहरुलाई संयमित हुन आह्वान गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
घरायसी र अत्यावश्यक क्षेत्रमा मात्र ग्यास वितरण गर्ने तयारी

     पृथ्वी राजमार्गको कृष्णाभिर खण्डमा त्रिशूली नदीले सडक कटान गरेपछि काठमाडौं उपत्यका...

रसुवाको बाढीमा हालसम्म १ हजार ११४ मृत्यु, ३ हजार ९१६ जना सम्पर्कविहीन

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये १...

देशका विभिन्न सडकको अवस्था यस्तो छ

    नेपाल प्रहरीले लगातारको वर्षाका कारण देशका विभिन्न जिल्लाका सडक तथा राजमार्ग...

भोटेकोशी बाढी : २५ अर्ब ८७ करोडको बीमा दाबी

    गत बुधबार रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको क्षतिको हालसम्म २५...