पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध विप्लवद्वारा देशव्यापी आन्दोलन घोषणा



हाम्रो इकोनोमि

 

 

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले देशव्यापी आन्दोलनको घोषणा गरेको छ ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध विप्लव नेतृत्वको नेकपाले देशैभर ६ दिने विरोध कार्यक्रम घोषणा गरेको हो ।

पार्टी महासचिव विप्लवले वक्तव्य जारी गर्दै देश व्यापी विरोधदेखि नेपाल बन्दसम्मका कार्यक्रम सार्वजनिक गरेका छन् ।

घोषित कार्यक्रम अनुसार आज २५ गते देशव्यापी विरोध गर्ने, २६ गते मशाल जुलुस निकाल्ने, २७ गते दिउँसो १ देखि २ बजेसम्म देशव्यापी प्रदर्शन गर्ने, २८ गते बिहान १० देखि ११ बजेसमम चक्काजाम गर्ने, २९ गतेदिउँसो सिट्ठी जुलुस र साँझ मसाल जुलुस निकाल्ने जनाइएको छ ।

अन्तिम दिन ३० गते नेपाल बन्द गर्ने कार्यक्रमसमेत विप्लव समूहले तय गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...