काठमाण्डौ क्षेत्र नं ४ बाट महाधिवेशन प्रतिनिधिमा लड्ने श्रेष्ठको घोषणा
नेकपा एमाले बुढानिलकण्ठ वडा नम्बर २ का अध्यक्ष एवं नेकपा एमालेका युवा नेता राजेन्द्र श्रेष्ठ दशौ महाधिवेसनमा काठमाण्डौ क्षेत्र नं ४ बाट महाधिवेशन प्रतिनिधिमा लड्ने घोषणा गरेका छन । यहि कार्तिक २७ गते हुने प्रतिनिधि छनौटमा आफ्नो उम्मेदवारी घोषणा गर्दै नेकपा एमालेको गौरवपूर्ण इतिहास फर्काउन आफुले उम्मेदवारी घोषणा गरेका बताएका छन ।
शशक्त युवा नेतृत्व र जुझारु नीति आवस्यक रहेको भन्दै उनले अग्रजहरुका लागि सम्मानित स्थान र युवाहरुका लागि उचित अवसर भन्ने नारा लिएर मैदानमा उत्रिने धारणा राखेका छन । काठमाण्डौ क्षेत्र नं ४ मा नेपाली कांग्रेसलाई पराजित गर्नका लागि हाल सम्म अवलम्बन गर्दै आएको नीति ,विधि ,शैली ,सोच र तरिकामा व्यापक परिवर्तन गर्नुपर्ने आवाज निरन्तर उठाउदै आएका श्रेष्ठले महाधिवेसन प्रतिनिधिमा सहयोग गर्नका लागि सबैमा अनुरोध समेत गरेका छन।