आठ लाख नाघ्यो एमालेको संगठित सदस्य



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेको संगठित सदस्यको संख्या आठ लाख नाघेको छ । महाधिवेशन प्रतिनिधि छान्ने अघिल्लो दिनसम्म आज बिहानसम्म एमालेको संगठित सदस्यको संख्या ८ लाख नाघेको हो । एमाले संगठन बिभागका सचिव ज्ञानबहादुर भुजेलले जनताटाइम्स डटकमलाई दिनुभएको जानकारीअनुसार अहिलेसम्म ७७ मध्ये ९ जिल्लाको अन्तिम परिणाम बिभागमा आउन बाँकी छ ।

सचिव भुजेलका अनुसार ६८ जिल्लाको सगठित सदस्यको बिवरण आइसकेको छ । ‘९ जिल्लाको अन्तिम बिवरण आउन बाँकी छ, अन्य जिल्लाको संगठित सदस्यको बिवरण आइसकेको छ, बिभाग सचिव भुजेलले  भन्नुभयो, ‘७ लाख ५० हजारको अनुमान गरिएको थियो, उल्लेख्य संख्यामा सदस्यता नविकरण भएको देखियो, ९ जिल्लाको अन्तिम बिवरण आउँदा ८ लाख ५ हजार नाघ्ने देखिएको छ ।’

भुजेलका अनुसार सवै जिल्लाको तथ्यांक हेर्दा संगठित सदस्यमा मोरङ सवैभन्दा बढी संगठित सदस्य भएको जिल्ला बनेको छ । मोरङपछि झापा रहेको छ । मोरङमा ३३ हजार ९ सय र झापामा २७ हजार ४ सय बढी संगठित सदस्यता रहेको भुजेलले जानकारी दिनुभयो । झापा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला हो भने मोरङ भानुभक्त ढकाल, लालबाबु पण्डित, बिनोद ढकाल, घनश्याम खतिवडा जस्ता चर्चित नेताको जिल्ला हो ।

संगठन बिभाग सचिव भुजेलका अनुसार प्रदेश कमिटीले अन्तिम रुप दिए पनि संगठन बिभागमा अहिलेसम्म प्रदेश २ का चार जिल्ला सिरहा, सर्लाही, धनुषा, र महोत्तरी, बागमति प्रदेशको काठमाडौं र सुदुरपश्चिम प्रदेशको चार जिल्ला बझाङ, बैतडी, दार्चुला र अछामको अन्तिम सूची आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...