आठ लाख नाघ्यो एमालेको संगठित सदस्य



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेको संगठित सदस्यको संख्या आठ लाख नाघेको छ । महाधिवेशन प्रतिनिधि छान्ने अघिल्लो दिनसम्म आज बिहानसम्म एमालेको संगठित सदस्यको संख्या ८ लाख नाघेको हो । एमाले संगठन बिभागका सचिव ज्ञानबहादुर भुजेलले जनताटाइम्स डटकमलाई दिनुभएको जानकारीअनुसार अहिलेसम्म ७७ मध्ये ९ जिल्लाको अन्तिम परिणाम बिभागमा आउन बाँकी छ ।

सचिव भुजेलका अनुसार ६८ जिल्लाको सगठित सदस्यको बिवरण आइसकेको छ । ‘९ जिल्लाको अन्तिम बिवरण आउन बाँकी छ, अन्य जिल्लाको संगठित सदस्यको बिवरण आइसकेको छ, बिभाग सचिव भुजेलले  भन्नुभयो, ‘७ लाख ५० हजारको अनुमान गरिएको थियो, उल्लेख्य संख्यामा सदस्यता नविकरण भएको देखियो, ९ जिल्लाको अन्तिम बिवरण आउँदा ८ लाख ५ हजार नाघ्ने देखिएको छ ।’

भुजेलका अनुसार सवै जिल्लाको तथ्यांक हेर्दा संगठित सदस्यमा मोरङ सवैभन्दा बढी संगठित सदस्य भएको जिल्ला बनेको छ । मोरङपछि झापा रहेको छ । मोरङमा ३३ हजार ९ सय र झापामा २७ हजार ४ सय बढी संगठित सदस्यता रहेको भुजेलले जानकारी दिनुभयो । झापा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला हो भने मोरङ भानुभक्त ढकाल, लालबाबु पण्डित, बिनोद ढकाल, घनश्याम खतिवडा जस्ता चर्चित नेताको जिल्ला हो ।

संगठन बिभाग सचिव भुजेलका अनुसार प्रदेश कमिटीले अन्तिम रुप दिए पनि संगठन बिभागमा अहिलेसम्म प्रदेश २ का चार जिल्ला सिरहा, सर्लाही, धनुषा, र महोत्तरी, बागमति प्रदेशको काठमाडौं र सुदुरपश्चिम प्रदेशको चार जिल्ला बझाङ, बैतडी, दार्चुला र अछामको अन्तिम सूची आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...