लिम्पियाधुरामा जनगणना नगर्ने देउवा सरकारको संकेत



हाम्रो इकोनोमि

 

 

केन्द्रीय तथ्यांक विभागले दार्चुला जिल्लाको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा जनगणना गर्न भारतसँग समन्वय भइरहेको बताएको छ ।विभागका महानिर्देशक नेविनलाल श्रेष्ठका अनुसार सो क्षेत्रमा गणकहरुको उपस्थितिमा जनगणना गर्न परराष्ट्र मन्त्रालयमार्फत भारतसँग समन्वय भइरहेको छ ।

कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा जनगणना गर्ने विभिन्न विकल्पका रुपमा छलफल भइरहेको पनि उनले जानकारी दिए । ‘विकल्प तीन चार वटा छन्, हाम्रो भूमिमा भारतीय सेनाले हामीलाई छिर्न दिँदैन, कि सेनालाई लगेर (जनगणना) गराउने, जुन सम्भव छैन, दोस्रोमा केही नगर्ने, तेस्रो, कुटनीतिक पहल भइरहेको छ’ उनले भने ।

महानिर्देशक श्रेष्ठले भारतले अनुमति दिएमा गणकहरुको भौतिक उपस्थितिमै जनगणना गर्ने बताए । १५ दिनभित्र भारतबाट जवाफ नआएमा अनुमानमा आधारित जनगणना गर्ने उनको भनाइ छ ।  ‘अन्य स्रोतबाट गरिएको प्रक्षेपणमा ७ देखि ८ सय जनसंख्या रहेको अनुमान छ, स्याटेलाइट प्रयोग गरेर, घर गनेर, औसत निकालेर अनुमान गर्न सक्छौं’ उनले भने ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...