एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप, सिन्धुली सदरमुकाममा निषेधाज्ञा



हाम्रो इकोनोमि

 

 

सिन्धुलीमा नेकपा एमाले महासचिव ईश्वर पोखरेल पुगेको एक कार्यक्रममा गठबन्धन र नेकपा एकालेका कार्यकर्ताबीच झडप हुने स्थित बनेपछि प्रशासनले निषेधाज्ञा जारी गरिएको छ।  सिन्धुलीका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले सम्भावित झडप रोक्न बुधबार दिउँसो ११ बजे देखि राती १२ बजेसम्मको लागि निषेधाज्ञा जारी गरेको  जानकारी दिए।

कमलामाई नगरपालिकास्थित स्टाल बजार, जुनारचोक, बस पार्क, ग्वाङ खोला पुल, हस्पिटल रोड क्षेत्र भित्र निषेधाज्ञा जारी गरिएको हो। अहिले त्यस क्षेत्रमा प्रहरी सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।  शान्ति सुरक्षामा खलल पुग्ने कुनै किसिमको सभा, समारोह तथा जुलुस नगर्न र नगराउन प्रशासनले सचेत गराएको छ। त्यस्तै आदेशको उल्लंघन गरेमा कारबाहीको चेतावनी समेत दिएको छ।

बुधबार एमाले महासचिव ईश्वर पोखरेललाई नगरपालिकाले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोलाइएको थियो। कार्यक्रमलाई सहभागी हुन महासचिव पोखरेल मंगलबार नै सिन्धुली पुगेका थिए। बाल उद्यन पार्क, बिपी कोइराला र पुष्पलाल श्रेष्ठको शालिक अनावरण गर्ने कार्यक्रममा पोखरेललाई प्रमुख अतिथिको रूपमा बोलाइएको थियो।

यसैबीच गठबन्धन दलले पोखरेललाई प्रमुख अतिथि बनाएको भन्दै विरोध जनाएका थिए। गठबन्धनका दलका कार्यकर्ताले जिल्लास्थित लोकतान्त्रिक चोकमा रहेको बाल उद्यान पार्कलाई घेरेका थिए भने एमालेका कार्यकर्ताहरु पनि ठूलो संख्यामा भेला भएका थिए।  त्यसक्रममा सत्तारूढ गठबन्धन र एमालेका कार्यकर्ताबीच झडप हुने स्थिति बनेको थियो।

अप्रिय घटना हुन नदिन सुरक्षाकर्मीको तैनाथी बढाइएको थियो । ‘गठबन्धन र एमालेका कार्यकर्ताबीच झडप हुने अवस्था बनेको थियो। झडप हुन पाएन। हामीले बाक्लो मात्रामा प्रहरी खटाएका थियौं,’ प्रहरी नायब उपरीक्षक मनोज लामाले भने।  अहिले पोखरेल अर्को कार्यक्रमका लागि हिँडेका छन्।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...