माओवादीसँग पार्टी एकीकरण हुदैन : उपेन्द्र यादव



हाम्रो इकोनोमि

 

 

जनता समाजवादी पार्टी, नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले माओवादी केन्द्रसँग वा अन्य कम्युनिस्ट पार्टीसँग तत्काल पार्टी एकीकरणको सम्भावना नरहेको बताएका छन् । मंगलबार बिहान काठमाडौंबाट प्रशारण हुने एउटा एफएमसँगको अन्तर्वार्तामा यादवले माओवादीसँग पार्टी एकीकरणको सम्भावना नरहेको बताए । माओवादीभित्र विचारको रुपान्तरण भयो भने मात्रै पार्टी एकीकरण सम्भाव रहेको बताए ।

चीनले समेत छाडिसकेको माओ विचारलाई प्रचण्डले बोकेर हिँडेको भन्दै अध्यक्ष यादवले समाजवाद भन्दैमा वा लेख्दैमा जसपाले कम्युनिस्टसँग एकीकरण नगर्ने बताए । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी एकीकरणको कुराहरू गरिरहेका बेला उपेन्द्र यादवले सो प्रस्ताव अस्वीकार गरिदिएका छन् ।

जसपाका अध्यक्ष यादवले सत्तारुढ गठबन्धनबीचको सम्बन्धमा प्रश्न नउठाउन आग्रह गरेका छन् । उनले विशेष परिस्थितिमा संविधान र लोकतन्त्रको रक्षाका लागि गठबन्धन बनेको भन्दै मिलेर निर्वाचनमा प्रतिस्पर्धा गर्ने बताएका छन् । अब हुने राष्ट्रिय सभाको निर्वाचनमा सत्तारुढ गठबन्धनले मिलेर उम्मेदवार उठाउने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...