सुदुरशपश्चिममा एमालेको ८२ हजार संगठित सदस्य



हाम्रो इकोनोमि

 

 

 नेकपा एमालेको सुदुरशपश्चिम प्रदेशमा ८२ हजार २ सय ४४ जना संगठित सदस्य पुगेको छ । दशौं महाधिवेशनको प्रतिनिधि छनोटको मिति तय भएसँगै सुदुरपश्चिम प्रदेशले ९ ओटै जिल्लाको संगठित सदस्य अपडेट गर्दा सो संख्यामा संगठित सदस्य पुगेको हो ।

एमाले सुदुरपश्चिम प्रदेशका अध्यक्ष कर्ण थापाका अनुसार डडेलधुरामा सवैभन्दा कम र कैलालीमा सवैभन्दा बढी संगठित सदस्य रहेका छन ।
अध्यक्ष थापाका अनुसार कैलालीमा २२६४३, कञ्चनपुरमा ९३१५, डोटीमा ६५००, डडेलधुरामा ४५४३ सदस्य पुगेका छन । यस्तै अछाममा ६०००, बझाङमा ७०००, बाजुरामा ११९६३, बैतडीमा ८०८० र दार्चुलामा ६३०० संगठित सदस्य पुगेका छन । सवै जिल्लाका गरी ८२ हजार २ सय ४४ पुगेको अध्यक्ष थापाले बताउनु भयो ।

यस्तो छ ९ जिल्लाको बिवरण
कैलाली : २२६४३
कञ्चनपुर : ९३१५
डोटी : ६५००
डडेलधुरा : ४५४३
अछाम : ६०००
बझाङ : ७०००
बाजुरा : ११९६३
बैतडी : ८०८०
दार्चुला : ६३००
जम्मा : ८२२४४

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...