ओली ‘फादर अफ द नेशन’ : महेश बस्नेत



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका केन्द्रीय सदस्य, पूर्वममन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले अध्यक्ष केपी ओली ‘फादर अफ द नेशन’ भएको बताएका छन् । नेकपा एमाले दक्षिणकाली नगर कमिटीले आयोजना गरेको शुभकामना तथा चियापान कार्यक्रममा बोल्दै नेता बस्नेतले केपी ओली कै कारण विश्वमा नेपालको स्वभिमान उचो भएको बताए।

मुलुकको विकास र समृद्धिको साथमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा अध्यक्ष ओलीले खेलेकाे भूमिका ऐतिहासिक भएको उल्लेख गर्दै नेता बस्नेतले ओलीकै मिसन र भिजनमा अबको नेपालको राजनीति दशकैंसम्म रहने दावी गरे ।

उनले भने ‘नेन्सल मण्डेलालाई दक्षिण अफ्रीकामा फादर अफ नेशन भन्छन् । त्यस्तै आम नेपाली जनताको बीचमा फादर अफ द नेशन भनेर नेपालमा केपी ओली हो भन्ने पुष्टि भएको छ । त्यसैले केपी ओली आइलभ यु, आजलाई हैन भोलीलाई १० वर्ष ओलीलाई भन्ने नारा लगाएका छन् । त्यसैले सारा नेपाली जनताले केपी ओलीलाई ‘फादर अफ द नेशन’ भनि घोषणा गरिरहेका छन् ।’

त्यस्तै ओली नेतृत्वको सरकारले भारतीय एकाधिकारको अन्त्य गर्दै चाइनासँग समेत पारबहन सन्धी गरी भुपरिवेष्ठित नेपाललाई भूजडित बनाएको उल्लेख गर्दै नेता बस्नेतले ओलीले संसदको रोष्टममा बसेर ‘सत्य मेव जयते कि सिंह मेव जयते’ रु भनि भारतलाई चुनौति दिनुभएको समेत स्मरण गराए ।

अध्यक्ष ओलीले भुगोलमा नेपाल सानो भएता पनि स्वभिमानमा नेपाल र भारतलगायतका अन्य सम्पूर्ण मुलुकहरुको हैसियत समान रहेको विश्वसामु स्थापीत गराएको उल्लेख गर्दै नेता बस्नेतले ओली नेतृत्वको सरकारको पालामा परराष्ट्र नीति तथा सम्बन्ध समेत ऐतिहासिक सफलतामा पुगेको उदाहरणसहित प्रस्तुत गरे।

ओली नेतृत्वको सरकारले युवा, महिला, विद्यार्थी, दलितलगायतकालाई विना धितो सहुलियत दरमा ऋण दिने व्यवस्था, प्रधानमन्त्री रोजगारको व्यवस्था गरी देशमा नै रोजगारीको असंख्य योजनाहरु, नेपाललाई रेलमार्गको शुभारम्भ, सुरुङ युग, मेलम्चीको खानेपानी काठमाडौँ ल्याएकोलगायतका जनताले देख्ने र भोग्ने गरी काम गरिरहेको समयमा गठबन्धनको नाममा परमादेशबाट बनेको सरकारबाट जनतालाई नुन नभएको तरकारी जस्तो खल्लो महशुस भइरहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...